arrow

एनआइसी एसिया बैंकको ‘स्विफ्ट कोड’ ह्याक गरी चोरिएकोमध्ये ७ करोड फिर्ता, बाँकी ?

logo
प्रकाशित २०७४ कार्तिक ८ बुधबार
nic-asia-bank.gif

काठमाडौं । एनआइसी एसिया बैंकको ‘स्विफ्ट कोड’ ह्याक गरी स्थानान्तरण गरिएको ४५ करोड रुपैयाँमध्ये सात करोड रुपैयाँ फिर्ता भएको छ ।

बाँकी रकममध्ये ११ करोडबाहेक अरु रकम स्थानान्तरण हुनबाट जोगिएको राष्ट्र बैंकका अधिकारीहरुले जानकारी दिए ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले एनआइसी एसिया बैंकको विभिन्न देशमा रहेको खाताबाट स्थानान्तरण गरिएको रकम फर्काउने क्रम जारी रहेको बताए ।

राष्ट्र बैंकका अनुसार ह्याकरहरुले ४५ करोड रुपैयाँ स्विफ्ट गर्न निर्देशन पठाए पनि ११ करोडभन्दा बढी रकम स्थानान्तरण नभइसकेकाले जोगिएको छ । 

११ करोड रुपैयाँ भने स्थानान्तरण भई ह्याकरहरुले भुक्तानी लिइसकेको आशंका छ । भुक्तानी भइसकेको रकम फिर्ता हुनेमा शंका छ ।

एनआइसी बैंकले भने पुरानो सर्भर डाउन गरेका कारण कति रकम चोरियो भन्नेबारे अझै स्पष्ट आँकडा आउन नसकेको जानकारी दिएको छ । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ