arrow

१८ वर्षे एनकेटियाको दुई गोलले आर्सनल काराबाओ कपको क्वार्टरफाइनलमा

logo
प्रकाशित २०७४ कार्तिक ८ बुधबार
arsenal3.jpg

इमाइरेट्स स्टेडियम । १८ वर्षे खेलाडी एडी एनकेटियाको दुई गोलको मद्धतले इंगलिस प्रिमियर क्लव आर्सनल काराबाओ कप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । 

आर्सनलले नर्विच सिटीलाई २–१ ले हराउँदा दुवै गोल एनकेटियाले गरेका थिए । 

३४ मिनेटमा जोश मर्फीले गोल गर्र्दै पाहुना टोलीलाई अग्रता दिलाए ।

८५ औं मिनेटमा एनकेटियाले घरेलु टोलीलाई पहिलो गोल दिलाए । 

अतिरिक्त समयको छैठौं मिनेटमा गोल गर्दै एनकेटियाले आर्सनलाई जिताएनन् मात्र सबैको नजरमा हिरो सावित भए । 

म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी पनि क्वार्टरफाइनमा पुगेका छन् । युनाइटेडले स्वान्सीलाई २–० ले हराउँदा सिटीले वुल्भरह्याम्पटनमाथि ट्राइब्रेकरमा जित हासिल गरेको हो । 

लेस्टर सिटी, ब्रिस्टोल सिटी, बर्नमाउथ पनि क्वार्टरफाइनल पुगेका छन् । 

बुधबार राति प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन चेल्सी र एभर्टन तथा टोटनह्याम र वेष्टह्याम भिड्दै छन् ।

Edward Nketiah (right) comes on as a substitute to replace Reiss Nelson (left) in the 85th minute of the match

 

The 18-year-old forward poked home at the far post with his first touch after coming on as a late substitute 

The youngster celebrates in front of the Arsenal fans after scoring his first goal for the senior team

Nketiah (right) is congratulated by Alex Iwobi (2nd right) and Mohamed Elneny (left) after his clinical equaliser 

The young striker (3rd left) gives Arsenal the lead in extra-time with a fine header from  Elneny's corner, his second of the nightThe Englishman celebrates in the corner after completing the most memorable of late cameos in the Carabao Cup

 

The Arsenal team congratulate their latest hero after finally taking the lead against the Canaries on Tuesday nightMurphy (right) lifted the ball over the onrushing Matt Macey to break the deadlock in the Carabao Cup clash 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ