arrow

ठुमरी गायिका गिरिजा देवीको निधन

logo
प्रकाशित २०७४ कार्तिक ८ बुधबार
girija-devi-singer.jpg

कोलकाता । पद्म विभूषण तथा पद्मश्रीबाट सम्मानित ठुमरी गायिका गिरिजा देवीको निधन भएको छ । मंगलबार उनको ८८ वर्षको उमेरमा बिरला अस्पतालमा राति ९ः४५ तिर मृत्यु भएको हो ।

८ मे १९२९ मा बनारसमा जमीनदार परिवारमा जन्मिएकी गिरिजा देवीले ५ वर्षको उमेरमै उनका बाबु रामदेव रायसंग संगीत सिकेकी थिइन् । 
उनले खाना बनाउने समयमा संगीतको कपि संगसंगै राखेर सिक्थिन् । उनले एक अन्तर्वार्तामा भनेकि थिइन्–मैले खाना बनाउने समयमा संगीतको कपि संगै राखेर त्यसलाई कण्ठ गर्थें । 

उनले रोटी पकाउने बेलामा आफ्नो हात जल्ने गरेको पनि बताएकी थिइन् । 

रस से भरे तोरे नैन......जस्ता ठुमरी उनका चर्चितमध्ये पर्छन् ।  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ