arrow

बैतडीमा काँग्रेस र राप्रपाले संयुक्त रुपमा चुनावी प्रचारलार्इ तीब्रता दिने

logo
प्रकाशित २०७४ कार्तिक ८ बुधबार
news_baitadi.jpg

बैतडी। नेपाली कांग्रेस र राप्रपाको संयुक्त रुपमा बनेको लोकतान्त्रिक गठबन्धनले चुनावी प्रचारप्रसार अभियानलाई तीव्रता दिने भएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति र राप्रपा जिल्ला कार्यसमितिको संयुक्त रुपमा बुधबार बसेको बैठकले लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारलाई निर्वाचनमा विजयी गराउनका लागि एक हजार एक सदस्यीय निर्वाचन प्रचारप्रसार मूल समिति गठन गरेको छ । 

नेपाली कांग्रेसका जिल्ला सभापति नरेन्द्रसिंह थापाको संयोजकत्वमा गठन गरिएको समितिको सहसंयोजकमा राप्रपाका जिल्ला अध्यक्ष प्रेमबहादुर चन्द रहनु भएको छ । यसका साथै क्षेत्रीय स्तरमा र गाउँपालिका तथा नगरपालिकास्तरमा पनि प्रचारप्रसार समिति गठन गर्ने निर्णय भएको नेपाली कांग्रेस बैतडीका सचिव बीरबहादुर बिष्टले जानकारी दिए। 

नेपाली कांग्रेसको नेतृत्वमा शान्ति र संविधान आएकाले नेपाली कांग्रेसकै नेतृत्वमा संविधान कार्यान्वयन गर्नका लाथि नेपाली कांग्रेसको जीत आवश्यक रहेकाले नागरिकलाई त्यो कुरा बुझाउन चुनावी अभियानमा जोड दिइने सचिव बिष्टले जानकारी दिए । 

प्रतिनिधि सभाको लागि एक क्षेत्र रहेको बैतडीमा प्रतिनिधि सभा सदस्यका लागि वाणिज्य राज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता नरबहादुर चन्दले उम्मेदवारी दिएका छन् । यस्तै प्रदेश सभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता हरिमोहन भण्डारी र क्षेत्र नं २ मा राप्रपाका नेता गणेश चन्दलाई उम्मेदवार बनाएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ