arrow

पाल्पामा वजेट कार्यान्वयनमा समस्या

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ कार्तिक ८ बुधबार
Palpa_District.png

पाल्पा । आर्थिक बर्षको पहिलो चौमासिक अन्त्य हुन लाग्दा समेत विकासका लागि विनियोजित रकमको खर्च गर्ने अख्तियारी नआउदा जिल्लामा सञ्चालित सयौ योजना अलपत्र अवस्थामा रहेका छन् ।  खानेपानी तथा सरसफाई मन्त्रालय अन्तर्गतका कार्यालयहरुमा विकास बजेट खर्च गर्ने अख्तियारी नआएका कारण खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय द्धारा सञ्चालित योजनाहरु अलपत्र अवस्थामा परेका हुन् । विकास वजेट खर्च गर्ने अख्तिीयारी नआएका कारण कार्यालयमा कार्यरत प्रविधीकहरुको हाजिरी गर्ने काम मात्र भएको सम्बद्ध प्रविधीकहरु बताउँछन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख केवश लाल शाक्य भन्दछन् साना ठूला नयाँ पुराना गरी एक शय भन्दा बढी योजनाहरु छन् । विगतका बर्षमा यतिखेर उपभोक्ता समिती गठन गरी पहिलो किस्ता रकम निकाशा दिने समय हुन्थ्यो तर यो बर्ष विभाग , मन्त्रालयबाटै विनियोजित रकमको अख्तियारी नआउदा समयमै योजना सम्पन्न हुदैन फलस्वरुप आर्थिक बर्षको अन्त्यमा रकम फ्रिज हुने अवस्था हुन्छ प्रमुख शाकयले बताए ।
 
जिल्लालाई नयाँ पुरानो साना ठूला गरी योजनाका लागि दश करोड भन्दा बढी रकम विनियोजित भएको छ । जिल्लामा यतिखेर ५ लाख देखि तिन करोड सम्मका बहु बर्षिय योजनाहरु छन् । तर अहिले सम्म खर्च गर्ने रकम अख्तियारी आएको छैन् । यस विषयमा पटक पटक विभाग मन्त्रालयलाई लिखित मौखिक जानकारी गराए पनि कार्यान्वयन तहमा नपुगेको सम्बद्ध प्राविधीकहरु बताउछन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ