arrow

प्रचण्ड पुगे देवीको शरणमा

logo
प्रकाशित २०७४ कार्तिक ८ बुधबार
prakash-devi-gyawali.jpg

काठमाडौं। चितवनबाट चुनाव उठ्ने तयारी गरेका माओवादी अध्यक्ष आफ्नी छोरीले हराएका एमाले चितवनका नेता देवी ज्ञवालीको शरणमा पुगेका छन्। पार्टी विभिन्न च्यानलबाट कुरा गरेर देवीलाई आफ्नो पक्षमा वोल्न लगाएका प्रचण्डले त्यसबाट पनि चित्त नबुझेर एमाले अध्यक्ष केपी ओलीसँगै राखेर ज्ञवालीसँग कुरा गरेका छन्। 

ओलीको वालकोटस्थित निवासमा वोलाउन लगाएर आफू पनि ओलीलाई भेट्न गएका प्रचण्डले ज्ञवालीलाई साथमै राखेर कुरा गरेका छन्। 

स्थानिय चुनावकव तीतो मिठो सकबै विर्सेर सहयोग गर्न प्रचण्डले देवीसँग आग्रह गरेका थिए। ओलीलाई साक्षी राखेर कुरा गर्न थालेका प्रचण्डको कुरामा ओलीले स्विकारोक्तिको मुन्टो हल्लाउथे। 

स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाबाट एमालेको उम्मेदवार बनेका देवी ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चितवनबाट विजयी गराउनु आफ्नो जिम्मेवारी भएको बताएको भोलिपल्ट वालकोटमा भएको यो वार्ताले अब उनको विगतको भडास पनि मेटिएको होकी भन्ने देखिएको छ। 

खुसी मुद्रामा वाहिर आएका उनलाई प्रचण्ड पुत्रले फेला पारिहाले। उनले सेल्फी खिच्दै फेसबुकमा राख्न समेत भ्याए। 

वाम गठबन्धनबाट प्रचण्ड चितवन क्षेत्र नम्बर ३ मा चुनाव लड्न लागेपछि एमालेको समर्थनमा आशंका उत्पन्न भइरहेको बेला प्रचण्डले आफ्ना लागि यो गृहकार्य गरेका हुन्। तर केहि दिन अघीसम्म प्रचण्डले मतदातालाई सुनको सिक्री समेत दिएर आफूलाई हराएको भन्दै माओवादी विरुद्ध चर्को प्रतिक्रिया दिएका देवीको यो पछिल्ला गतिविधीला२ उनको निरिहतासँग जोडेर चितवनका मतदाताले अर्थ्याएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ