arrow

यी हुन् राष्ट्रिय सुरक्षा तर्फ ५ वर्षमा सि जिङपिङले गरेका ६ महत्वपूर्ण काम 

logo
प्रकाशित २०७४ कार्तिक ८ बुधबार
china_xi.jpg

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औ राष्ट्रिय अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका राष्ट्रपति सि ले पछिल्लो कार्यकालको उत्तराधिकारी समेत नतोक्दा उनी फेरि पनि आगामी १० वर्षको लागि चिनियाँ राष्ट्रपति बन्ने पक्का भएको छ । 

अधिवेशनले पाँच जना नयाँ अनुहार सहित नयाँ नेतृत्व सार्वजनिक गरेको हो। गत बुधवारदेखि सुरु भएको अधिवेशनले पाँच वर्षे कार्यकालको लागि नेतृत्व चयन गरेको हो । अधिवेशनले चीनको सर्वाधिक शक्तिशाली निकाय पोलिब्यूरो स्थायी समितिका सात सदस्यको चयन गरेको छ । सात सदस्यीय नयाँ स्थायी समितिमा सी जिनपिङ, लि खछ्याङ, लि झाङ्सु, वाङ याङ, वाङ हुनिङ, झाओ लेजी र हान झेङ छन्। सी को उत्तराधिकारीको रुपमा कसैको नाम मनोनयन भएको छैन ।

अधिवेशनमा राष्ट्रपति सिले आफ्नो पहिलो कार्यकालमा गरेका कामहरुको व्यवख्या र समीक्षा पनि गरिएको छ । उनले गरेका मूलभूत कामहरुलाई चिनियाँ सञ्चारमाध्यमको रुपमा हामीले पनि पनि बुँदागत रुपमा उतार्ने प्रयास गरेका छौं । 

राष्ट्रिय सुरक्षा तर्फ राष्ट्रपति सिले आफ्नो कार्यकालमा महत्वपूर्ण ६ कामहरु सम्पन्न गरेका छन् । उनले पहिलो कार्यकालको अन्तिम वर्षमा उनले राष्ट्रिय गुप्तचर कानून तयार पारेका छन् । गुप्तचरसम्बन्धी व्यवस्था गरिएको सो कानूनलाई राष्ट्रिय सुरक्षामा महत्वपूर्ण कामको रुपमा मानिएको छ । उनले २०१७ सालमा नै साईबर सेक्युरिटी ल भनेर साईबर क्राईम सम्बन्धी व्यवस्थालाई नियमन गर्नको लागि कानून बनाएका छन् । 

त्यस्तै, २०१५ सालमा राष्ट्रिय सुरक्षा ऐन उनले ल्याए । यो ऐनले सेना, अर्थतन्त्र, साईबर सुरक्षा र खानी अन्वेषण सम्बन्धी व्यवस्थालाई समेटेको छ । जासुसी विपरितको कानून पनि २०१४ सालमा बनाईएको छ । यसले पुरानो राष्ट्रिय सुरक्षा कानूनलाई प्रतिस्थापित गरेको छ । त्यस्तै, २०१४ कै अप्रिलमा उनले समग्र राष्ट्रिय सुरक्षा सम्बन्धी दृष्टिकोण तयार पारे । यो राष्ट्रिय अधिवेशनको पहिलो बैठकमा नै प्रस्ताव गरिएको थियो । यसले पनि सेनादेखि, मुलुकको अर्थतन्त्रदेखि प्राकृतिक स्रोतसम्मका सबै विषयलाई समेटेको छ । त्यसैले यसलाई पनि सि जिङिपङको कार्यकालमा भएको महत्वपूर्ण राष्ट्रिय सुरक्षा सम्बन्धी कानून मानिन्छ । 

त्यस्तै, उनले राष्ट्रिय सुरक्षा आयोग गठन गरेका थिए । यसको प्रमुख पनि आफैं बसे । यो २०१४ सालको जनवरीमा स्थापना गरिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ