- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी । पछिल्लो समय अनुष्का शर्मा र विराट कोहलीले खेलेको नयाँ विज्ञापन पछि दुवैबीच वैवाहिक सम्बन्धको पुन चर्चा सुरु भएको छ । हालै एक भारतीय वेबसाइटले अनुष्का र विराट डिसेम्बरमा विवाह गर्ने दावी गरेको छ ।
उक्त वेबसाइटका अनुसार अनुष्का र विराट दुवै विवाहको तायारीमा लागि सकेका छन् । अघिल्लो बर्षको डिसेम्बरमा अनुष्का र विराटका परिवारबीच भेटघाट भएको थियो । सो भेटपछि दुवैले निजी समारोहमा टिकोटालो गरेका थिए ।
विराटले डिसेम्बरमा भारतीय राष्ट्रिय टोलिबाट श्रीलंका बिरुद्ध तीन वानडे खेल खेल्नुपर्नेछ । तर टीम इंडियाको टाइट शेड्यूलबीच कोहलीले बोर्डसँग विवाहका लागि छुट्टि मागेका छन् ।
श्रीलंका सीरीजपछि नयाँ बर्षको पहिलो हप्ता भारतीय टीम, साउथ अफ्रीका भ्रमणमा जानेछ । सो अवस्थामा विराटलाई विवाह गर्ने समय हुनेछैन । सोहि कारण विराटले डिसेम्बरमा विवाह गर्ने वेबसाइटमा लेखिएको छ ।