arrow

चीनसँगको खटपट साम्य हुन नपाउँदै किन आए अमेरिकी विदेशमन्त्री भारत ?

logo
प्रकाशित २०७४ कार्तिक ८ बुधबार
tesk_telarson.jpg

नयाँ दिल्ली ।  अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन बुधबार नयाँ दिल्ली आईपुगेका छन् । उनी बुधबार बिहान पाकिस्तानी राजधानी इस्लामावादबाट  नयाँ दिल्ली आइपुगेका हुन्। 

उनले नयाँ दिल्ली पुगेपछि विशिष्ठ नेताहरुसँग भेटवार्ता पनि सुरु गरेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार उनले आफ्ना भारतीय समकक्षी सुषमा स्वराज र प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने छन् । 

नयाँ दिल्लीबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार बुधबार उनले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबालसँग भेट गरेका छन्  । 

उनले  गर्ने उच्चस्तरीय भेटवार्तामा भारत अमेरिका सम्बन्ध सुदृढीकरणबारे छलफल हुनेछ । साथै पछिल्लो समयमा बढिरहेको भनिएको चिनियाँ प्रभावका बारेमा पनि उनीहरुबीच कुराकानी हुने बताइएको छ । 

पाकिस्तानमा छँदा भने उनले बढ्दो आतङ्ककारी क्रियाकलापको नियन्त्रण र यसका लागि पाकिस्तानको भूमिकाको बारेमा यहाँका प्रधानमन्त्री र विदेशमन्त्रीसँग वार्ता गरेका थिए । 

अमेरिकाले यसअघि देखि नै पाकिस्तानले अफगानिस्तानमा आतङ्क मच्चाइरहेका तालिबानहरुलाई पाकिस्तानी भूमिमा संरक्षण दिएको आरोप लगाउदै आएको थियो । 

यस पटक पनि उनले पाकिस्तानका बारेमा सोही टिप्पणी गरेका थिए । सो प्रतिक्रियापछि पाकिस्तानी विदेशमन्त्रीले अफगानिस्तानका तालिबानबारेको अमेरिकी धारणा परिवर्तन गर्न वा पुनरावलोकन गर्न उनलाई आग्रह गरेका थिए । 

साथै उनले पाकिस्तानबाट आतङ्ककारी क्रियाकलापहरुको अन्त्यका लागि पाकिस्तानले थप प्रयत्नहरु अघि बढाउनुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सन्देश रहेको बताएका थिए । 

गत हप्तामात्र एक प्रसंगमा अमेरिकी विदेशमन्त्री टिलर्सनले एसियामा चीनको प्रभाव पछिल्लो समयमा निकै बढिरहेकोले भारत र अमेरिकाजस्ता प्रजातन्त्रवादी देशबीचको सम्बन्ध थप बलियो हुनुपर्ने धारणा राखेका थिए । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ