arrow

हलिउड स्टार पीयर्सले १८ वर्ष पछि पत्नी छोडे, ‘सम्बन्ध जस्ताको त्यस्तै’

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1951787658.jpeg

एजेन्सी । हलिउड स्टार गाय पीयर्सले १८ वर्ष पछि आफ्नी पत्नी केटसंग सम्बन्ध तोडेका छन् । डेली टेलिग्राफले उनीहरुको सम्बन्ध टुटेको पुष्टी भएको समाचार प्रकाशित गरेको छ ।

खबर अनुसार ४८ वर्षीय अभिनेताले यसै वर्ष जनवरीमा आफुहरुले १८ वर्षपछी वैवाहिक बन्धन तोड्ने निर्णय गरेको बताए । यद्यपि, आफुहरुबीच सम्बन्धमा कुनै फाटो नआएको बताउँदै पीयर्सले प्रशंसकलाई चहकित बनाएका छन् ।

पीयर्सले भनेका छन्–‘केट र मेरो बीचमा सदैव माया ममता रहनेछ, एक अर्काको समर्थन अवश्य गर्नेछौं, दोस्ती जारी रहनेछ ।’ केट जसरी आफुलाई कसैले नचिन्ने उनले बताए । उनले थपे,–‘हामी सधै आफ्नो आपसी सम्माको स्रहाना गरिरहनेछौं ।’

यो सम्बन्धले आफुहरुलाई निकै परिपक्व बनाएको बताउँदै पीयर्सले सम्बन्ध राम्रो हुँदा हुँदै विछोडिनु पर्ने समय आयो । सम्बन्ध तोड्नुको कारण नताएको सो दम्पतीको सन्तान छैनन् । ‘आयरन म्यान’ स्टार पीयर्सले ट्वीटरमा आफ्ना प्रशंसकका लागि समाचार जारी गरेका हुन् ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ