arrow

प्रधानमन्त्री देउवाद्वारा चिनियाँ नेता सी लाई बधाई ज्ञापन

logo
प्रकाशित २०७४ कार्तिक ८ बुधबार
sher-bahadur-deuba-new-fnl.jpg.jpeg

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ कम्युनिस्ट पार्टीको १९औँ राष्ट्रिय कँग्रेस सफलतापूर्वक सम्पन्न भएकामा र पार्टी महासचिव पदमा पुनःनिर्वाचित भएकामा जनगणतन्त्र चीनका राष्ट्रपति सि जिनपिङलाई बुधबार बधाई ज्ञापन गरेका छन् । 

बधाई सन्देशमा प्रधानमन्त्री देउवाले सिको महासचिव पदमा दोस्रो पटकको विजय चिनियाँ जनता र चिनियाँ कम्युनिस्ट पार्टीले उहाँको गतिशील नेतृत्वप्रति दर्शाएको ठूलो विश्वासको संकेत हो भनेका छन् । 

चिनियाँ जनताको सामाजिक–आर्थिक तथा प्रविधिगत विकास र जीवनस्तर सुधारमा चीनले अभूतपूर्व प्रगति हासिल गरेको स्मरण गर्दै प्रधानमन्त्री देउवाले ‘सम्पूर्ण मानवका लागि साझा गन्तव्य पछ्याएका विश्व समुदाय’ र आर्थिक समृद्धिका लागि राष्ट्रहरुबीच बृहत्तर सहयोगबारेको चिनियाँ नेता सिको दृष्टिकोणको सराहना गरेका छन् । 

आउँदा दिन नेपाल–चीन द्विपक्षीय सम्बन्ध विविध पक्षबाट झागिँदै जाने र नयाँ उचाइमा पुग्ने विश्वास पनि प्रधानमन्त्री देउवाले व्यक्त गरेका छन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ