arrow

सर्वोच्चले निर्वाचन आयोगसँग माग्यो मतपत्र छपाईको प्रगति विवरण 

logo
प्रकाशित २०७४ कार्तिक ८ बुधबार
supreme-court-nepal.jpg.jpeg

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपत्र छपाई प्रक्रिया कहाँ पुग्यो भन्ने बारेमा निर्वाचन आयोगसँग प्रगतिविवरण माग गरेको छ । बुधबार सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले सर्वोच्चको गत असोज २९ गते सर्वोच्चले दिएको आदेश अनुसार मतपत्र छपाई प्रक्रिया कहाँ पुग्यो भन्ने बारेमा प्रगति विवरण माग गरेको छ । 

राजपा नेता सर्वेन्द्र नाथ शुक्लले दायर गरेको रिटमा यस अघि असोज २९ गते सर्वोच्चले पहिलो आदेश गरेको भएपनि अन्तरिम आदेश दिएको थिएन । तर, सर्वोच्चको सो दिनको आदेश कार्यान्वयन नभएको भनी निवेदनकर्ता शुक्लले फेरि अवहेलना मुद्दा दायर गरेपछि बुधबार सर्वोच्चले यस्तो आदेश जारी गरेको हो । 

Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ