arrow

भारतले न्युजिल्याण्डलाई हरायो, सिरिजमा १–१ को बराबरी

logo
प्रकाशित २०७४ कार्तिक ९ बिहिबार
india-cricket.JPG

पुने । भारतले दोस्रो एक दिवसिय क्रिकेटमा न्युजिल्याण्डलाई ६ विकेटले हराएको छ । 

यो जितसंगै भारतले ३ खेलको सिरिजमा १–१ को बराबरी गरेको छ । पहिलो खेलमा न्युजिल्याण्ड विजयी भएको थियो ।
अब आइतबार (२९ अक्टोबर) मा कानपुरमा हुने खेल नै निर्णायक हुने भएको छ । 

चार वर्षको अवधिमा भारतले घरेलु मैदानमा लगातार दुई खेल हारेको छ । सोही किर्तिमानलाई जिवित राख्ने क्रममा भारतले पुनेमा भएको खेल पुृर्णरुपले नियन्त्रणमा लियो ।

पहिले ब्याटिंग गरेको न्युजिल्याण्डले ९ विकेटको नोक्सानीमा २३० रन बनायो । २५ वर्षे हेनरी निकोल्सले सर्वाधिक ४२ रन बनाए । म्यान अफ द म्याच भुवनेश्वर कुमारले ४५ रन दिएर ३ विकेट लिए । 


जसप्रित बुमराह र युजबेन्द्र चाहालले २–२ विकेट झारे । जवाफमा भारतले शिखर धवनको ६८ र दिनेश कार्तिकको नटआउट ६४ रनको मद्धतले ४ विकेटको नोक्सानीमा ४६ ओभरमा विजयी पायो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ