arrow

मुस्ताङमा एमालेलार्इ भोटमाग्न नजाने पक्षमा माअाेवादी, एमाले एक्लै चुनावी प्रचारमा  

logo
प्रकाशित २०७४ कार्तिक ९ बिहिबार
uml-mao.jpg

जोमसोम। केन्द्रमा पार्टीले चुनावी तालमेल गरेर एउटै घोषणापत्रमा चुनाव लड्ने निर्णय गरेको बाम गठबन्धनका दुई दल नेकपा एमाले र नेकपा माओवादीको जिल्लामा भने खण्डीकृत बन्न थालेका छन् । प्रतिनिधि सभा सदस्यको लागि एउटा र प्रदेश सभा सदस्यको लागि दुर्इ गरी तीन क्षेत्र रहेको मुस्ताङमा तीन वटै क्षेत्र एमालेको भागमा परेपछि माओवादी नेता तथा कार्यकर्ताहरु पनि चुनावी प्रचार अभियानमा जान छाडेका हुन् । 

माओवादी जान नमानेपछि मुस्ताङमा नेकपा एमालेले एक्लै चुनावी प्रचारमा लाग्न थालेको हो । बुधबार बाह्रगाउँ मुक्ति क्षेत्रबाट सुरु भएको एमालेको घरदैलो अभियानमा नेकपा माओवादीका कोहीपनि उम्मेदवारहरु गएनन्। उनीहरुका अनुसार बिहीबार एमाले टोली थसाङ गाउँपालिकाको वडा नं ३ मा घरदैलो अभियानमा लागिरहेको छ । 

मुस्ताङको प्रतिनिधि सभा सदस्यको लागि र प्रदेश तर्फका दुबै उम्मेदवारहरु रहेकोले पनि मुस्ता‌ङका माओवादीहरु प्रचारप्रसारमा समेत जान मानिरहेका छैनन्। उनीहरु भोट हाल्ने भनेर एमाले उम्मेदवारहरुलार्इ आश्वासन दिने तर प्रचारमा हिँडेर टाउको नदुखाउने मनस्थितीमा रहेको माओवादीका एक नेताले बताए ।  

एमाले जिल्ला कमिटी अध्यक्ष चन्द्र मोहन गौचनले अहिले एमाले एक्लै चुनावी प्रचारप्रसारमा लागेको बताए । अहिलेसम्म कुनै कुराकानी नभएको भन्दै उनले अब केही दिनपछि माओवादीसँग यस विषयमा कुराकानी गर्ने तयारीमा आफूहरु रहेको बताए । माओवादी नआए  आफू एक्लै चुनावी प्रचारमा लाग्न उनले बताए । उनले आफूहरुको मुख्य एजेण्डा विशेषगरी स्थायी सरकारको रहेको भन्दै स्थायी सरकारको लागि बाम एकताको आवश्यकता रहेको विषयलाई केन्द्रमा राखेर चुनाव प्रचारप्रसार गरिएको बताए । 

उनले मुस्ताङमा विकासे एजेण्डाको रुपमा आफूहरुले विशेषगरी यातायातको सहजीकरणलाई बढी प्राथमिकता दिएको भन्दै विद्युत, शिक्षा लगायतका पूर्वाधारहरुको विकासमा पनि आफ्नोे ध्यान रहने उनले बताए । चुनावी रणनीति अन्तर्गत् अपर मुस्ताङको लोमान्थाङको छोेसेज गाउँमा नेपाली काँग्रेसको बढी पकड क्षेत्र रहेकोले त्यो गाउँमा छुट्टै प्रकारको कार्यक्रम ल्याउने तयारी भईरहेको उनले बताए । त्यहाँका जनतालाई काहीँकतै बोल्न नदिईँदै आएकोले उनीहरुलाई बढी सुसूचित गर्नेखालको कार्यक्रमहरु तय गरिने उनले बताए । अन्यत्र सामान्य तरिकाले घरदैलो अभियान र पार्टीको पक्षमा माहोल जुटाउने गरी प्रचारप्रसार अभियान सञ्चालन गर्ने तयारी भइरहेको बताईएको छ । 

विशेषगरी कोरला नाका खोल्ने काममा आफूहरुले विकास कोरलाको नाका खोल्न विशेष पहल गर्ने र त्यो नाकालाई चलनचल्तीको नाकाको रुपमा विकास गर्नु नै आफ्नो जिल्लाको मूल एजेण्डा हुने उनले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ