arrow

अमिताभले वढाए पारिश्रमिक

logo
प्रकाशित २०७४ कार्तिक ९ बिहिबार
amitabh.jpg

एजेन्सी ।  बलिउड अभिनेता अमिताभ बच्चनले आफ‍नो पारिश्रमिक बढाएका छन् ।  अमिताभको गेम शो 'कोन बनेगा करोडपति ९' (केबीसी) ले  दबंग स्टार सलमान खान विवादित शो 'बिग बोस ११' र बलिउड बक्स अफिसका  हिरो अक्षय कुमार कमेडि शो 'द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज' लाई  टेलिभिजन रेटिङ्स पोइन्ट (टिआरपी) मा  पछि छाडेसँगै आफ्नो पारिश्रमिक बढाएका हुन् ।


उनको टिभि शो 'कोन बनेगा करोडपति ९'  टिआरपीको मामिलामा सबै भन्दा माथि रहेको छ । अमिताभ प्रत्येक एक एपिसोड बापत २ करोड लिदै आएकोमा उनले यस सीजनमा आफ्नो पारिश्रमिक बढाएर २.७५ करोडबाट ३ करोड पुराएका छन् । शोको औसत शहरी मूल्याङ्कन ३.७ रहेको छ ।

 'कोन बनेगा करोडपति ९'  को सिजन सुरुसँगै  अभिनेत्री माधुरी दीक्षित वा एश्वर्य राय मध्ये एकजनाले कार्यक्रम संचालन गर्ने चर्चा चलेतापनि अन्तिम समयमा अमिताभले नै  कार्यक्रम संचालन गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ