arrow

दोस्रो पटक पनि भाग्यमानि देखिए टिमर

logo
प्रकाशित २०७४ कार्तिक ९ बिहिबार
Michel_Temer_.jpg

ब्राजिल  ।  ब्राजिलको संसद्को तल्लो सभाले राष्ट्रपति मिसेल टिमरविरुद्ध लागेको भ्रष्टाचार आरोपलाई दोस्रो पटक पनि खारेज गरिदिएको छ । 

संसदको तल्लो सभामा बुधबार भएको मतदानमा राष्ट्रपति टिमर विरुद्ध भ्रष्टाचार आरोपलाई गलत भन्दै यसलाई अघि नबढाउने पक्षमा मतदान भएको हो । 

संसद्को २५१ सदस्यीय सभाले भ्रष्टाचारको आरोपको विरुद्धमा २३३ मत दिँदै आरोपलाई फिर्ता गर्ने पक्षमा उभिएको हो । यससँगै अब उक्त मुद्दा अनुसन्धानका लागि ब्राजिलको संघीय सर्वोच्च अदालतमा पुर्पक्षका लागि लगिने छैन । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ