arrow

बाजुरामा बाम गठबन्धन भन्दा काँग्रेस बलियो

logo
प्रकाशित २०७४ कार्तिक ९ बिहिबार
bajura-congress1.jpg

बाजुरा । आसन्न मंसिर १० मा हुने प्रतिनिधी सभा र प्रदेश सभका लागि नेपाली काँग्रेसका उम्मेदवारले गाउँगाउँमा घरदैलो अभियान संचालन गरेका छन् ।  नेपाली काँग्रेस बाजुराले बिहीबार देखि बडीमालिका नगरपालिकाबाट चुनावी अभियान सुरु भएको नेपाली काँग्रेस निर्वाचन प्रचार प्रसार समिति बाजुराले जनाएको छ ।
 
घरदैलो अभियानपछि कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधी सभाका उम्मेदवार तथा पार्टी जिल्ला सभापति कविराज पण्डितले २००७ सालको पञ्चायति शासन २०४६/०४७ को प्रजातन्त्र र २०६२/०६३ को जनआन्दोलनको अगुवाई र यसको संरक्षण गर्न नेपाली काँग्रेस कटीबद्ध भएको बताए।
 
उनले काँग्रेसका जन नायक देखि गिरीजा हुदै शुसिल कोइराला सम्मको नेतृत्वले देश निर्माणका लागि अहम भुमिका खेलेको औल्याए । पण्डितले लोकतन्त्र र गणतन्त्रको रक्षा गर्नका लागि बाजुरामा काँग्रेसले जित्न जरुरी रहेको बताए ।

अहिलेको बाम गठबनधले संविधान कार्यान्वयदेखि लोकतन्त्र गणतन्त्रको रक्षा नहुने आशंका गर्दै पण्डितले  बाम गठबन्धनले देशलाई सक्ने गरी एकता गर्नु मुर्खता भएको आरोप लगाए । अहिलको माग भनेको नै लोतान्त्रिक गठबन्धन भएको बताउदै उनले बाम गठबन्धन भन्दा लोकतान्त्रिक गठबन्धन गर्न आवश्यक रहेको सुनाए  ।  


उनले लोतान्त्रिक गठबन्धनमा बाम गठबन्धन लोतन्त्र मान्ने सबै बस्ने भएकाले लोकतान्त्रिक गठबन्धन हुनुपर्नेमा जोड दिए । लोतान्त्रिक गठबन्धनमा केन्द्र,क्षेत्र र जिल्लाका शक्ति बस्ने भएकाले लोकतान्त्रिक गठबन्धन बनाएर देशलाई उन्नती प्रगतीमा लैजानु पर्ने पण्डितले भने। पण्डितले बाजुराको शिक्षा स्वास्थ्य खानेपानी,सडक संचार,विद्युत र गरिब तथा असहायको सेवा गर्नका लागि आफु उम्मेदवार बनेको हुँ ।

यसैगरी कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य तथा निर्वाचन क्षेत्र २ का प्रदेश उम्मेदवार पदम बहादुर शाहीले बामगठबन्धनका नाममा जनताको लोकतान्त्रिक अधिकार शोषण हुने चिन्ता काँग्रेसमा रहेको बताए । जिल्लाको दुख भोकमरी र अन्य क्षेत्रको अन्त्य गर्न काँग्रेस लाग्ने बताउदै शाहीले  निर्वाचन क्षेत्रमा विकासका कार्यसंगै गरिव दुखीको सेवा गरी पुण्य कमाउन काँग्रेसको चाहाना रहेको बताए ।
 
घरदैलो कार्यक्रम सकिएपछि कोण सभामा पाटी सचिव दिपक विक्रम शाहले राणाका विरुद्ध लड्न जनता समर्थक नहुदा पनि राणा शासनको अन्त्य गरेको बताए  । उनले काँग्रेसले जनताको हित विपरित कार्य नगरेको दावी गर्दै काँग्रेसले विभिन्न आन्दोलनमा उभिएर काँग्रेसी जनको उचाई बढेको बताए । जतनाका भावनलाइृ सम्बोधन गर्ने नै काँग्रेस भएको जिकिर गर्दै शाहले लोतान्त्रिककरणमा राख्न काँग्रेस हलचल नहुने सुनाए ।
 
'बाजुरामा बाम गठबन्धनले  काँग्रेस कमजोर भन्नु मुर्खता मात्र हो । काँग्रेस बाजुरामा बाम गठबन्धान भन्दा बलियो बन्दै गएको छ । जिल्लाको दुबै क्षेत्र र प्रतिनिधी सभा जित्नेछ ।  लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक एक ठाउँमा आउन जरुरी छ' शाहले भने  ।
  

 
सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस संगठन विभाग प्रमुख धनराज पण्डितले बाम गठबन्धनले खुसी हुने नपर्ने बताए । उनले चिसो समयमा काग तराईमा गर्मी समयमा हिमाल आउने जस्तै बाम गठबन्धन रहेको पण्डितले बताए । उनले काग घरमा आए चारो मात्र खुवाउने पार्टी नेपाली काँग्रेसले गर्ने गरेको जिकिर गरे ।उनले बाजुरामा काँग्रेसको जित भए बाम गठबन्धनको  जित हुने बताउदै निष्ठाको राजनितिले देशमा परिवर्तन ल्याउने सुनाए ।

घरदैलो कार्यक्रम अन्तर्गत बडीमालिका नगरपालिकाका बजार क्षेत्र दलित बस्ती रावलवाडा डाँडा,पुजारीबाडा,थापाबाडा,ताली लगायतका क्षेत्रमा बाजागाजा सहित नारा जुलुस गरी लोकतान्त्रिक चोकमा समापन गरिएको थियो । पाटी सचिव रनसिं अयडीले संचालन गरेको कार्यक्रममा लोकतान्त्रिक गठबन्धन गर्दै राप्रपाको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ