arrow

प्रचण्डले सुनाए तीन दलीय बैठकको रामकहानीदेखि मन्त्री फिर्ता नबोलाउनुको रहस्यसम्म 

logo
प्रकाशित २०७४ कार्तिक ९ बिहिबार
press.jpg

काठमाडौं । सर्वाेच्च अदालतले बुधबार दिएको आदेश पछि समाज तरंगित बनिरहेको बेलामा संयुक्त पत्रकार सम्मेलन गरेका बाम गठबन्धनका दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त पत्रकार सम्मेलनको क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावको मतपत्रको विषयमा बालुवाटारमा केही दिन अघि भएको तीन दलको बैठकको  फेरिस्त सुनाएका छन् । 

पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले एमाले र माओवादी केन्द्रबीचको एकीकरण हुनु अघि नै प्रधानमन्त्री शेर बहादुर देउवाको आह्वानमा तीन दलका शीर्ष नेताहरुको बालुवाटारमा बैठक बसेर निर्वाचनको मिति, यसको प्राविधिक पक्ष र निर्वाचनको मतपत्रको बारेमा पनि छलफल गरेर कसरी अघि बढ्ने भन्ने विषयमा एक मतले नै मतपत्र यसरी लैजाँदा प्राविधिक सहजता आउँछ भन्ने निर्णय गरी सोही निर्णय अनुसार मतपत्र छपाई गर्नको लागि निर्वाचन आयोगलाई आग्रह गरेको जानकारी दिए । 

उनले मतपत्र संघीय निर्वाचको लागि संघकै हुनुपर्छ, प्रदेशकोलागि प्रदेशकै हुनुपर्ने र समानुपातिकको लागि समानुपातिककै हुनुपर्ने भन्दै यसमा कसैको विरोध नभएको प्रतिक्रिया दिए । उनले सर्वाेच्चले यस अघि दिएको आदेश अनुरुप निर्वाचन आयोगले कार्यदल गठन गरेर त्यसैको प्रतिवेदन अनुसार काम गरिरहेको बेलामा सर्वाेच्चको आदेशले आफूहरुको मनमा चीसो पसेको प्रतिक्रिया दिए । 

उनले प्रधानमन्त्रीले दोस्रो पठक बोलाएको तीन दलको शीर्ष नेताहरुको बैठकका क्रममा प्रधानमन्त्री देउवाले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले यस विषयमा केही स्पष्ट हुनखोजेकोले बैठक विषय उल्लेख गरेको उनले बताए । उनका अनुसार सबै कुरा भएपनि नेता पौडेल पनि सोही विषयमा सहमत भएपछि आयोगलाई पुरानै निर्णय अनुसार काम गर्न आग्रह गरेको उनले बताए । 

सर्वाेच्चले पनि त्यतिबेलाको फैसलामा समानुपातिक तर्फको छपाई सुरु भईसकेको र प्रत्यक्ष तर्फको १० गतेदेखि छाप्ने भएकोले निर्वाचन अयोगले सोही अनुसार आयोगले नै काम गर्ने भएकोले अन्तरिम आदेश दिनु नपर्ने भनेर यस अघि आफैंले आदेश गरेको भएपनि त्यही आदेश विपरित अचम्मित पार्नेगरी फेरि अर्काे आदेश जारी भएकोले आफूहरु झस्किएको उनले बताए । 

कार्यदलले दिएको प्रतिवेदन अनुसार एउटै सिटमा दुईवटा मतपत्र राखिएकोमा त्यसलाई हटाएर फरक फरक बनाउन भने सक्ने अवस्था नरहेकोले अदालतले त्यही विषय उठाएर फैसला गर्न खोजेको उनको आरोप छ । 

चुनाव सार्ने संकेत पछि सरकारबाट फिर्ता भएनौं 
प्रचण्डले आफू सरकारबाट फिर्ता हुने तयारीमा रहेको भएपनि विभिन्न बाहानामा चुनाव सार्ने खेल भएको देखेपछि आफूले सरकारबाट मन्त्रीहरु फिर्ता नबोलाएको स्पष्ट पारेका छन् । मन्त्री बोलाउने तयारी भएको अन्तिम दिन निर्वाचन आयोगबाट चुनाव सार्ने विषयमा हल्लाहरु चलिरहेको खबर आएपछि आफूहरुले मन्त्री फिर्ता नबोलाएको उनले स्पष्ट पारे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ