arrow

वालिङ एग्रो टुरिजमको सम्भावनामा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ कार्तिक ९ बिहिबार
waling-agro.png

स्याङ्जा । जिल्लाको मध्यभागमा रहेको वालिङ नगरपालिका एग्रो टुरिजमको सम्भावना बोकेको नगर भएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । व्यवसायीक कृषि तथा व्यपार आयोजना(प्याक्ट) को सहयोगमा हिमशिखर कृषक समुहले आयोजना गरेको गोलभेडा उत्पादन सम्वन्धी तालिममा बोल्ने बक्ताहरुले वालिङ सम्भावना बोकेको नगरपालिका भएकाले यसलाई एग्रो टुरिजम बनाउनु पर्नेमा जोड दिए ।

 तालिममा वोल्दै त्रियासी कृषि उपज तथा कजार व्यवस्थापन सहकारीका अध्यक्ष तथा वालिङ नगरपालिका वडा नं. १ का वडा अध्यक्ष केदार काफ्लेले तरकारी उत्पादनको उदगम थलोको रुपमा परिचित हुदै आएको वालिङ नगरपालिका पर्यटकीय र कृषिमा सम्भावना बोकेको नगरपालिका भएकाले यसको विकासका लागि सबै नगरवासी एकजुट हुनुपर्ने धारणा व्यक्त गरे ।
 
कृषिलाई प्रथामिकतामा राखेर सबै नगरवासीलाई कृषिमा आत्मनिर्भर बनाउनु पर्छ अध्यक्ष काफ्लेले भने,“इच्छा र क्षमता भयो भने कृषिमा सरकारले जतिपनि लगानी गर्नेछ ।” जसले नगरवासीको आर्थिक लाभ र उन्नतीमा टेवा पुग्ने छ अध्यक्ष काफ्लेले भने । उत्पादन क्षेत्रलाई प्रथामिकता दिएर पर्यटकीय भित्राउने सम्भावना रहेकाले सबै कृषिमा लाग्न काफ्लेले आग्रह गरे ।

 कृषिलाई सरकारले चिनाउन नसक्दा युवाहरु विदेशिएको चर्चा गर्दै काफ्लेले वालिङलाई एग्रो टुरिजम बनाउन नगरपालिकाबाट सक्दो पहल गर्ने बताए । कृषिबाट मनग्य आम्दानी गर्ने कृषकहरु वालिङमा रहेको उदाहरण दिदै काफ्लेले कृषि अनुदानमा केन्द्रिय सरकार र स्थानीय सरकार विच अव समन्वय हुनुपर्ने बताए ।

वालिङ नगरपालिका १४ लाई कृषिमा स्थानीयलाई व्यवसायीक बनाउन प्याक्टले गोलभेडा, बाख्रा पालन, कुखुरापालन लगायतमा आर्थिक सहयोग गरेको छ । टमाटर उत्पादनमा अव्वल मानिएको वालिङको पेखुठानामा ५३ जना किसान मिलेर सहकारी मार्फत संयुक्त कृषि कार्य गर्दै आएका छन् ।

किसानलाई तालिमको उपलव्धता गराई अझै उनीहरुको व्यवसायीक र उत्पादनमा क्षमता बढाउने उदेश्यले तालिमको आयोजना गरिएको सहकारीका मित्रलाल खनालले बताए । खनालका अनुसार २८ जना किसान टमाटर खेतीमा आवद्ध छन् भने ३ जना कुखुरा र बाँकी बाख्रा पालनमा लागेका छन् । कृषिको माध्यमबाट पेखुठानालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना सहित सहकारी अगाडी बढेको खनालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ