arrow

विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्न कार्यकर्ताको लाग्यो लस्कर

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७४ कार्तिक ९ बिहिबार
kapilbastu-laskar.JPG

कपिलवस्तु । कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्न कार्यकर्ताको लस्कर लागेको छ ।  महाराजगज नगरपालिका इकाइ समितिले राखेको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन । यसरी पार्टीमा प्रवेश गर्नेमा राष्ट्यि जनता पार्टी नेपाल, संघिय समाजवादी फोरम एमाले र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु रहेका छन् ।

 नव प्रवेशी कार्यकर्तालाई पुर्व सिंचाई राज्य मन्त्री एवं पार्टी सभापति सुरेन्द्र राज आर्चायले टिकाई लगाइ सदस्यता प्रदान गरे । राजपाका जिल्ला नेता एवं महाराजगजं नगरपालिका मेयर पदका उमेद्धार गगेशनाथ तिवारी, वडा नं नं १० वडा अभ्यक्ष जगदिश तिवारी,अर्का वडा अध्यक्ष शैले्रन्द्र कुमार चौवे ,राजपा केन्द्रिय सदस्य शुशिल पुरी, श्याम शुन्दर चौधरी,जिल्ला नेता भागिरथ तिवारी संघिय समाजवादी फोरका जिल्ला नेता सचिदानन्द पाण्डेय,नन्दकिशोर यादव, एमालेका रामविदेश लोलिया, माओवादी केन्द्रका अब्दुल अजिज लगायता नेता तथा कार्यकर्ता प्रवेश गरेका हुन् ।


सो अवसरमा वोल्दै पार्टी सभापति सुरेन्द्रराज आर्चायले मधेस पहाड हिमालका जनतालाई विकास र परिवर्तन गर्न सक्के एक मात्र पार्टी कागेंस भएको बताए । बाम एकता भएपनि लोकतान्त्रिक शक्ति एक भई लोकतन्त्रको रक्षा गर्नको लागी सबै कांग्रेसमा गोलवद्ध भएर लग्ने बेला भएको समेत आर्चायले बताए । त्यस्तै पुर्व पार्टी सभापति सुधाकर पाण्डेले मधेसको विकास र सविधान संसोधन जस्ता काम कागेंसको नेत्तृत्वमा हुने भएकोले  कांग्रेस प्रती मधेसी , दलित , जनजाती ,मुस्लिम आदिवासी लगायतहरु प्रवेश गरेको बताए ।

नव प्रवेशी गगेशनाथ तिवारीले मधेसका माघ र लोकतन्त्रको संस्थागत विकास गर्ने एक मात्र समाजवादी पार्टी कांग्रेस भएकोले आफुहरु कांग्रेसमा प्रवेश गरेको बताए । सो अवसरमा जिल्ला उपाध्यक्ष अब्दुल कलाम खां, क्षेत्रिय सभापति गिरिजेश पाण्डेय,राजेश्वर सिंह, जिल्ला सचिव प्रेम बहादुर रायमाझी, जिल्ला सदस्य माधव पराजुली, चर्तुभुजमणी त्रिपाठी, योगेन्द्र केसी, हुमकान्त खनाल , दलित संघका रामदेव पासी , महिला संघकी रिना नेपाल लगायते शुभकामना दिएका थिए । इकाइ सभापति निवर धुनीयाको अध्यक्षतामा सो सभा सम्पन्न भएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ