arrow

देउडामा रमाएका युएईका नेपाली

गायक जोशीले देउडाको अर्थ लगाउँदै बाज मेरी, बम्बै जान्या रेल, झम्के डालिमाजस्ता गीत गाएका थिए ।

logo
प्रकाशित २०७२ माघ ५ मंगलबार
Nanda.jpg.jpeg
युएई । माघे संक्रान्तिको अवसर पारेर यूएईको बरदुबईस्थित ईम्पेरिअल सुईट्स होटेलमा सुदूर पश्चिम सेवा समाज यूएईले आफ्नो प्रथम बार्षिक उत्सव तथा देउडा सांस्कृतिक कार्यक्रम भव्यताका साथ मनाएको छ ।

संस्था गठन भएको एक बर्ष पुगेको खुशीयालीमा आयोजित कार्यक्रमको शुभारम्भ प्रमुख अतिथी नेपाली राजदुत धनन्जय झाले केक काटेर दिप प्रज्वलन गर्दै राष्ट्रिय गीत बजाएर गरेका थिए । संस्थाका अध्यक्ष शिवराज जैशीको सभापतित्वमा भएको कार्यक्रममा देउडा सम्राट नन्दकृष्ण जोशीको नाम लिने बित्तिकै हल सिटी र तालीको गडगडाहटले गुन्जिएको थियो । गायक जोशीले देउडाको अर्थ लगाउँदै बाज मेरी, बम्बै जान्या रेल, झम्के डालिमाजस्ता गीत गाएका थिए । उनको गीतमा राजदुत झा पनि नाचेका थिए ।

गायिका तथा डोटेली फिल्मकी नायिका चाँदनी मल्लले जन रुया मेरा दुस्खले, सुदूरपश्चिम स्वर्ग सरी, तिमी पारी छौ सुवा, मेरी मायालु, मलाई काली काली भनि जिस्क्याउन्छन् जस्ता गीतहरु गाएर दर्शकहरुको ध्यान आफु तिर खिचेर नचाउँदै देउडा खेलाईन् । 

यूएईमा कार्यरत कलाकारहरु मान बहादुर के.सी. ’मुस्कान’, शिला सिंह, लक्ष्मण अधिकारी, दीपा नेपाली, लक्ष्मी शर्मा, सबिता आचार्यबाट गायन प्रस्तुती, मोहन सिंह ठकुराठी, शारा देवी ठकुराठीबाट नाटक प्रस्तुती रहेको थियो भने नृत्य तिर मनोज भट्ट ‘सानुकाजी’, बिबेक भण्डारी, संगीता बुर्लाकोटी, लिसा क्षेत्री, रेनु बिष्ट, निर्मला बज्रचार्यले कम्मर मर्काउदै सबैलाई छमछमी नचाएका थिए । 

कार्यक्रममा देउडा सम्राट जोशी र गायिका तथा डोटेली नायिका मल्ललाई सम्मान पत्रसहित दोसल्ला ओढाई बिशेष सम्मान गरिएको थियो भने राष्ट्रिय कलाकार सँगै स्थानिय कलाकारहरु पनि सम्मान पत्र सहित सम्मानित भएका थिए ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ