arrow

राष्ट्रिय अखण्डता र स्वाधीनताको विषय सबै दलको साझा मुद्दा हुनुपर्छ : अध्यक्ष थापा

logo
प्रकाशित २०७४ कार्तिक ९ बिहिबार
kamal-thapa-1.jpg.jpeg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले मुलुकको राष्ट्रिय अखण्डता, प्रजातन्त्र र स्वाधीनताको विषय सबै दलको साझा मुद्दा हुनुपर्ने बताएका छन् ।  

पार्टीद्वारा बिहिबार आयोजित कार्यक्रममा थापाले राष्ट्रिय महत्वका विषयलाई सबै राजनीतिक दलले केन्द्रमा राखेर अगाडि बढ्न सकेमा देशको राष्ट्रिय एकता र समृद्धि सम्भव रहेको बताए ।

अध्यक्ष थापाले जनताको आर्थिक समुन्नतिको चाहनालाई पूरा गर्नका लागि देशमा राजनीतिक परिवर्तन भएको भए पनि आर्थिक परिवर्तन हुन नसकेकाले सामाजिक रुपान्तरण हुन नसकेकामा चिन्ता व्यक्त गरे। उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका नेता तथा कार्यकर्ता सो पार्टीमा प्रवेश गराइएको सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ