arrow

' माओवादीको तालिवानी शैली छोडियो अब लोकतान्त्रिक शैली '

logo
प्रकाशित २०७४ कार्तिक ९ बिहिबार
nabin-lama-ramechhap.jpg

काठमाडौं। रामेछापको वेथान भन्ने वित्तिकै पञ्चायतकालदेखि माओवादी सशस्त्र द्धन्दको समयमा सधै कम्युनिष्ट केन्द्रको रुपमा रह्यो। कम्युनिष्ट केन्द्रको रुपमा रहेको वेथानमा अरु राजनीतिक दलले टाउको सम्म उठाउन पाएनन। केहि गरि टाउको उठाए त्यसलाई निहुरिने बनाइयो। 

रामेछापको वेथान भन्ने वित्तिकै प्रसासनको पनि सकारात्मक नजर कहिल्यै भएन। कम्युनिष्ट दर्शनका नाममा रटाइएको खोक्रा नाराको वरिपरि रुमल्लिइरहियो। साम्यवादको सपना पढाइएको थियो। तर उमेद्वारी फिर्ता लिन हेलिकप्टरमा सयर हुन थाल्यो। कसरी बु्झ्नु त्यो साम्यवादलाई । 

रामेछापको यहि वेथान गाउँमा एक सामान्य तामाङ समुदायको घरमा जन्मिएका नविन लामा आफू कम्युनिष्ट नै भएर जन्मिए पनि किन कम्युनिष्ट दललाई तिलाञ्जली दिदै छु भनेर आफ्नो कथा सुनाउँदै थिए। सुन्ने स्रोता थिए प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवा। उनलाई साथ दिइरहेका थिए शशाांक कोइराला। 

वर्गीय हित र उत्थानको कुरा गर्ने कम्युनिष्ट दल र  तिनका नेताहरुले जे सिकाए त्यहि गरियो। सबै जना दुख सहँदै नेता पाल्न थालियो। हामीहरुकै मुक्तीका लागि होला त भनियो गरियो तर ति त आफू मात्र रुपान्तरित भएर जनता त्यहिका त्यहि।  भुइँका मान्छे भुइँमै। उनीहरु त उमेद्वारी पनि हेलिकप्टरमा आएर हाल्ने फिर्ता लिन पनि हेलिकप्टरमा आउने भए। 

लामाले आफ्नो वर्गिय हित कम्युनिष्ट पार्टीले पो गर्छ भनेर लागे तर स्थिति त्यस्तो कहाँ रह्यो र? आफू र आफ्नाहरुको हित गर्दागर्दै तिनले न वर्गीय कुरा सम्झे न समुदायको हित। तिनले त सबैलाई वेवकुफ बनाउँदै उल्टै साम्यवादको पो कुरा गर्न थाले लामाले सुनाए।

माओवादीको तालिवानी शैली पनि अपनाइयो। जे भने त्यहि गरियो । नेताको कुरा मानियो तर तिनले जनतालाई तालिवानी बनाएर आफूहरु र आफ्नाहरुलाई अमेरिका खुसुक्क पठाउन थाले। अनि वाहिर कुरा जाला भनेर ढाकछोप गर्न थाले। 

नेपाली काँग्रेस रामेछापले गरेको पार्टी प्रवेश कार्यक्रममा लामो समय माओवादीमा रहेर काम गरेका लामाले माओवादीको तालिवानी शैलीबाट वाक्क भएका आफू सहितका साथीहरु नेपालको लोकतान्त्रिक धारमा समाहित भएको बताए। 

अझै पनि साम्यवादको गलत सपना वाँडिरहेकोमा पनि आपत्ति जनाउँदै लामाले त्यसलाई जागरुक तथा सभ्य समाजले स्विकार्न नसक्ने बताए। हामीहरु त्यो गलत सपनालाई तिलाञ्जली दिएर अघी आएका छौ  लामाले भने।

४० नाघिसकेका लामाले आफूहरु जन्मिदै कम्युनिष्ट भएर जन्मिएको तथा जिन्दगिभर कसैको टीका नलगाएको स्मरण गराए। तर भ्रष्टीकरणतर्फ रुपान्तरित कम्युनिष्टसँग सती जान नसकेर आफूहरु लोकतन्त्रको पर्यायको रुपमा रहेको काँग्रेसको टीका लगाउन राजी भएको बताए। 

नविन लामाले नेतृत्व गरेको समुहमा माओवादीका यूवाहरु सहित एमाले निकट यूवा संघका केन्द्रीय सदस्य शेर बहादुर तामाङ पनि काँग्रेसमा प्रवेश गरे। सूर्य विक्रम सुनुवार सहित करिव ३ सय यूवाहरु विहिवार काँग्रेसमा प्रवेश गरेका थिए। 

कम्युनिष्ट हुँदा भुटेको मकै मात्र खाएर पनि धेरै दिन वाचिएको थियो। भोकै बस्न जानिएको थियो। अझै पनि बसिन्छ। तर जनतालाई धोका दिने काम गरिन्न। लामाले काँग्रेस नेताहरुसँग पनि भने सक्ने र हुने काम मात्र गर्ने आश्वासन दिनुस। नहुने काम हुन्न भन्नुस। अझसम्म त अभावमा वाँचियो अझै पनि वाचिएला । तर कम्युनिष्टले जस्तै लाटा सिधा जनतालाई धोका दिनुहुन्न। लामाले कम्युनिष्ट हुँदाको अनुभव कम्युनिष्ट छोड्दै गर्दा सुनाए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ