- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चालकहरुसँग घुस लिएको आरोपमा तीनजना ट्राफिक प्रहरी निलम्बनमा परेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक असई र दुई जवानलाई बुधबार निलम्बन गरेको हो ।
निलम्बनमा पर्नेमा चुणामणि पोखरेल, जवानद्वय रणबहादुर माल र जालन्धर बास्तोला छन् । तीनैजना रंगेहात घुससहित पक्राउ परेका हुन् ।
थानकोट तथा नागढुंगा क्षेत्रमा कार्यरत ट्राफिक प्रहरीविरुद्ध उजुरी आएपछि ट्राफिक प्रहरी महाशाखाका डिआइजी सर्वेन्द्र खनालले महाशाखामा सादा पोशाकमा छड्के पठाएका थिए ।
त्यस क्रममा चालकसँग लिएको घुस रकमसहित उनीहरु पक्राउ परेका थिए । महाशाखाले निलम्बन गरी उनीहरुमाथि कारवाही अघि बढाएको छ ।
यो घटनापछि नागढुंगा र थानकोट प्रभागमा कार्यरत सबै ट्राफिक प्रहरीलाई महाशाखाले तानेको छ ।
इन्चार्जसहित नागढुंगामा कार्यरत १६ र थानकोटमा कार्यरत १५ जनालाई महाशाखामा सरुवा गरिएको हो । (नयाँ पत्रिका दैनिक)