arrow

जनताको रक्षाका लागि डेढ किमि घस्रिए विराटनगर महानगरका मेयर

logo
प्रकाशित २०७४ कार्तिक १० शुक्रबार
bhim-parajuli.jpg

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली दूरी नापेर घर्सँदै छठ पूजा गर्न घाट पुगेका छन् । 

कञ्चनबारी संगमचोकस्थित घरदेखि डेढ किलोमिटर टाढा परोपकार घाटको छठ पूजास्थलसम्म साष्टांग दण्डवत् गर्दै पुगेका पराजुलीले महानगरवासीको रक्षाको कामना गरेको बताए ।

उनले विद्यार्थीकालदेखि नै छठ पर्वमा कठिन व्रत बसेर साष्टांग दण्डवत् गर्दै पूजास्थल पुगेर छठ पूजा गर्दै आएका थिए । 

आफूले १३ वर्षदेखि गर्दै आएको आराधनालाई निरन्तरता दिन १४औँ वर्षमा पनि घस्रेर पूजास्थल पुगेको उनले बताए । 

उनले भने, ‘पहिले म आफू र परिवारको रक्षाका लागि कठिन यात्रा गरेर छठ पूजा गर्थेँ, तर अहिले भने सम्पूर्ण महानगरवासीका लागि गरेको हुँ ।’ 

भविष्यमा पनि यो क्रम जारी रहने उनको भनाइ छ । हिन्दू धर्ममा अगाध विश्वास गर्ने पराजुली साँझ–बिहान नित्य पूजापाठ गर्छन् । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ