arrow

कांग्रेस तातेपछि....लेखकले शिलान्यास गरेको हुलाकी राजमार्गको निर्माण कार्य तीब्र 

logo
हरिश चन्द्र बाग
प्रकाशित २०७४ कार्तिक १० शुक्रबार
sadak.jpg

कञ्चनपुर। कञ्चनपुरको दक्षिणी क्षेत्रको मेरुदण्डको रुपमा रहेको डोकेबजार–बेलौरी–बेल्डाँडी–दैजी हुलाकी राजमार्ग कालोपत्रेका लागि कार्य तीब्र गतीमा अगाडी बढेको छ । 

विगत दशकौँदेखि कालोपत्रे हुन नसकेको उक्त ६२ किलोमीटर सडकखण्ड नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएको समयमा ठेक्का भई काम सुरु भएको हो । 

गत माघ ६ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री लेखकले शिलान्यास गरेको उक्त हुलाकी राजमार्गको निर्माण कार्य तीब्र गतिमा भइरहेको हुलाकी राजमार्ग आयोजना प्रमुख तुरुन्त मण्डलले बताए । 

आयोजना प्रमुख मण्डलले भने, “अढाई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ, उक्त सडकखण्डमा आवश्यक बजेट नेपाल सरकारले व्यवस्थापन गर्ने भनेको छ, गुणस्तरीय काम भइरहेको छ, समयमै काम सम्पन्न हुन्छ ।” 

दोस्रो संबिधानसभाको निर्वाचनको समयमा उक्त सडक खण्ड कालोपत्रेका लागि नेपाली कांग्रेसका नेता दिवान सिंह बिष्टले प्रतिबद्दता जनाएपछि उनको उक्त निर्वाचन जित्ने ठूलो आधार समेत बनेको थियो । 

करिब चार वर्ष संबिधान सभा र व्यवस्थापिका संसदमा रहँदा पनि यसै क्षेत्रको विकाश निमार्णमा महत्वपूर्ण समय व्यतित गरेका नेपाली कांग्रेसका नेता दिवान सिंह बिष्टकै पहलकदमीमा डोकेबजार–बेलौरी–बेल्डाँडी–दैजी हुलाकी राजमार्ग र बेलौरी–कलुवापुर सहायक राजमार्ग कालोपत्रेका लागि ठेक्का भएको हो । 

बेलौरी–कलुवापुर सडकखण्डको स्तरोन्नतिका लागि तत्कालिन सांसद दिवान सिंह बिष्ट, एनपी साउँद र बहादुर सिंह थापाको महत्वपूर्ण भूमिका रहेको छ । 

यी तीनै नेता नेपाली कांग्रेसबाट निर्वाचित व्यक्ति हुन् । संबन्धित क्षेत्रलाई विकाशको मूलधारमा लैजानका लागि महत्वपूर्ण मानिने सडकको स्तरोन्नतिमा कञ्चनपुरकै विकाश प्रेमी नेता रमेश लेखक भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा अथाह विकासको सुरुवात भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ