arrow

झापाको विर्तामोडमा अनिश्चितकालीन कर्फ्यू, स्थिती तनावग्रस्त

सुरक्षा समितिको बैठक जारी 

logo
प्रकाशित २०७४ कार्तिक १० शुक्रबार
birtamod_bibad.jpg

काठमाडौं । झापाको विर्तामोडमा एक बालकको ज्यान गएको विषयलार्इ लिएर झडप हुँदा प्रहरीले तीन राउण्ड हवाई फायर गरेको छ । शुक्रबार विहानैदेखि स्थिती तनावग्रस्त भएपछि दिउँसो साँढे एक बजेदेखि अनिश्चितकालको लागि कर्फ्यू लगाईएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राजकुमार सिलवालले जानकारी दिए ।   

झापाको अर्जुनधारा नगरपालिका ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै निकालिएको शान्तिपूर्ण विरोधलाई प्रहरीले दमन गरेको भन्दै आन्दोलन सुरु भएको हो । दशैंकै समयमा बालक हत्या भएको भएपनि प्रहरी कार्यालयले मुद्दा दर्ता गर्न नमानेपछि आक्रोशित भीडले जिल्ला ट्राफिक प्रहरी कार्यालय, मेयर कार्यालय लगायतका सरकारी कार्यालयहरुमाथि तोडफोड गरेका छन् । 

लामो समयसम्म पनि घटनालाई ढाकछेक गर्न बिर्तामोडका डिएसपी राजकुमार सिलवाल र जनप्रतनिधिहरुले नै हत्यारालार्इ बचाउन खोजेको भन्दै उनीहरु आक्रोशित बनेका हुन् ।  स्थानीयहरुले शुक्रबारका लागि झापा बन्द आह्वान गरेको भएपनि प्रहरीले आक्रोशित भीडमाथि दमन गर्न खोजेपछि भीड भड्किएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ