arrow

धनराज गुरुङको क्षेत्रमा उम्मेदवारको लागेन टुङ्गो, नेता विहिन बन्दै स्याङ्जा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ कार्तिक १० शुक्रबार
syanjya.png

स्याङ्जा । प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन आउन करिव डेढ महिना बाकी छ । तर अहिले सम्म स्याङ्जामा दलहरुले उम्मेदवारको टुङ्गो नलगाउदा चुनावी माहोलले तात्न पाएको छैन । २ क्षेत्र र ४ प्रदेश रहेको स्याङ्जामा काँग्रेस, एमाले, माओवादी लगायत अन्यदलहरुले आधिकारीक उम्मेदवार घोषणा नहुदा चुनावी माहोल सुनसान बनेको हो ।

उम्मेदवारको टुङ्गो नलागेका कारण कार्यकर्ताहरु अन्योलमा परेका छन् । यतीबेला जिल्ला नेता विहिन बनेको छ । टिकट चाहियो भन्दै उनीहरु काठमाण्डौ गएपछि जिल्ला नेता विहिन बनेको हो । काँग्रेस, एमाले, माओवादी लगायत दलका अधिकांश नेता काठमाण्डौं रहेका छन् । यसले गर्दा जिल्लाको चुनावी माहोल अझै तात्न नपाउदा स्याङ्जा सुनसान जस्तै बनेको छ ।

जिल्लामा एमालेका नेताहरु आंशिक रुपमा सक्रिय देखिएता पनि काँग्रेसका नेताहरु भने टिकटका लागि राजधानी धाएका छन् । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको माहोलसँगै केही दिन यता दल प्रवेश र गठवन्धनको चहलपहल हवात्तै बढेको छ । यस मध्ये सबैभन्दा ठुलो तरङ्ग बामगठवन्धनको प्रसङ्गले ल्याएको देखिन्छ ।

 प्रतिनिधि सभाका लागि दुई ओटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा नेकपा एमालेबाट क्षेत्र नं. १ का लागि गणेशमान गुरुङ् र नारायण मरासिनी टिकटको दौडमा देखिन्छन् भने बाम गठबन्धनबाट माओवादीकी अमृता थापाको समेत टिकटका लागि दावी रहेको देखिन्छ । क्षेत्र नं. २ का लागि भने एमालेबाट पदमा अर्याल मात्र सिफारीस भएको एमालेले जनाएको छ । त्यसै गरी प्रदेश सभाका लागि क्षेत्र नं. १ को (क) बाट एमालेका जिल्ला अध्यक्ष मिनप्रसाद गुरुङ्को नाम मात्र सिफारीस भएको छ । बामगठबन्धन अन्तरर्गत अन्यको दावी नरहेपछि प्रतिनिधि सभाका लागि क्षेत्र नं. २ मा पदमा अर्याल र क्षेत्र नं. १ को (क) मा प्रदेश सभाका लागि मिनप्रसाद गुरुङ्को उम्मेदवारी सुनिश्चित देखिन्छ ।

प्रदेश सभा अन्तरर्गत क्षेत्र नं. १ (ख) एमालेबाट विश्व पौडेल र रामबहादुर थापा तथा माओवादीबाट जिल्ला इन्चार्ज शैलेन्द्र घिमिरेको दौडधुप देखिन्छ । प्रदेश सभाकै लागि क्षेत्र नं. २ (क) मा एमालेबाट मोहन रेग्मी र माओवादीका ज्वालाको नाम सिफारीसमा परेको बामगठबन्धनले जनाएको छ । यसै गरी प्रदेश सभा अन्तरर्गत क्षेत्र नं. २ को (ख) मा एमालेबाट सोभियत ढकाल, ढाकाराम अर्याल र रामचन्द्र भट्टराई तथा माओवादीबाट पारस गैह्रेको दावी रहेको छ । बामगठबन्धनबाट सबैलाई मिलाएर लैजान स्याङ्जा एमालेललाई पनि फलामको चिउरा सरह भएको छ ।

 अर्को तर्फ लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेतृत्व गरेको काँग्रेका आकाक्षी नै धेरै भएपछि उसलाई पनि निर्णयमा पुग्न कठिन भएको सम्वद्ध स्रोतले जनाएको छ । लोकतान्त्रिक गठबन्धनमा सहभागी राप्रपा लगायत अन्यदलले जिल्लामा कुनै पनि पदमा दावी नगरी स्याङ्जा काँग्रेसलाई सघाउने भएका छन् । नेपाली काँग्रेसबाट प्रत्यक्ष तथा समानुपातिक तर्फ गरी जिल्लाबाट करिव १ सय १२ नाम सिफारीस भएको थियो । नेपाली काँग्रेसका जिल्ला सचिव कुमार रानाका अनुसार प्रतिनिधि सभाका लागि क्षेत्र नं. १ बाट काँग्रेसका केन्द्रिय सदस्य तथा निर्वतमान सांसद धनराज गुरुङ् र  निवर्तमान सांसद राजु थापा मध्ये एकको सम्भावना बढी रहेको छ । क्षेत्र नं. २ का लागि नेपाल सरकारका उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठको नाम संसदीय वोर्डले सिफारीस गरिसकेको छ । क्षेत्र नं. २ मा श्रेष्ठ चुनाव लड्न आउने भएपछि केही कार्यकर्तामा उत्साह थपिएको छ ।  


यता प्रदेश सभाका लागि क्षेत्र नं. १ (क) बाट पाटी सचिव कुमार राना र देवि अर्याल, (ख) बाट तुलसी गिरी र प्रेमप्रसाद पौडेलको सम्भावना बढी रहेको छ । प्रदेश सभाका लागि क्षेत्र नं. २ (क) बाट भोजराज अर्याल र खगेन्द्रराज रेग्मी मध्ये एक जना उम्मेदवार बन्ने निश्चित देखिएको पार्टी सचिव कुमार रानाले बताए । त्यसमा पनि अर्याल वालिङ नगरपालिकाको पूर्व मेयर समेत भएकाले बलियो उम्मेदवारको रुपमा लिने गरिएको छ । क्षेत्र नं. २ मा भोजराज अर्यालले टिकट नपाएमा काँग्रेसलाई जित्न सकस हुने बताइएको छ । काँग्रेसको बलियो पकट मानिएको वालिङ नगरपालिकाबाट एक जना उम्मेदवार बनाउनु पर्ने स्थानीय काग्रेसी कार्यकर्ताहरु बताउछन् ।

अर्को तर्फ क्षेत्र नं. २ को (ख) बाट भागवतप्रकाश मल्ललाई नै पार्टीले उम्मेदवार बनाउन सक्ने आकंलन गरिएको छ । त्यसो त गुरुप्रसाद भट्टराई र इश्वर खाँण पनि चुनावी दौडमा अग्रपङ्तिमा नै देखिएका छन् । कार्यकर्ताले पनि विवेकशिल, विकासशिल र इमान्दार नेतालाई छिटो टिकट दिएर अन्योल सिर्जना नगर्न अपिल गरेका छन् । जिल्लाको हकमा आगामी मंसिर २१ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रक्रिया अगाडी बढीसकेकाले हाम्रा भन्दा पनि राम्रा उम्मेदवार छनोट गरी भ्रम र अन्योल नपार्न नेतृत्वलाई अनुरोध गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा एमाले पहिलो, काँग्रेस दोस्रो र माओवादी तेस्रो भएका थिए । बामगठबन्धन एक भएपछि एमालेले दुवै क्षेत्र र चार प्रदेश जित्ने दावी गरेको छ भने काँग्रेसले उम्मेदवार मिलाएमा दुवै क्षेत्र र चार प्रदेश जित्ने दावी गरेको छ । अहिले सम्म संसदीय निर्वाचनमा काँग्रेस बलियो हुदै आएको जिल्लामा कसले पल्लाभारी मार्ने हो त्यो भने मंसिर २१ गतेको निर्वाचनले निर्धारण गर्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ