arrow

डिएसपी सिलवालले झापालीलाई तह लगाउन आएको भनेपछि विर्तामोड भड्कियो, कर्फ्यु लगाइयो

logo
ज्ञानेन्द्र निरौला,
प्रकाशित २०७४ कार्तिक १० शुक्रबार
jhapa-agitation.jpg

काठमाडौं। झापाको अर्जुनधारा नगरपालिका वडा नं. ११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै बिर्तामोडमा निकालिएको शान्तिपूर्ण प्रर्दशनलाई प्रहरीले दमन गरेसँगै स्थानिय प्रसासनले कर्फ्यु पनि लगाएको छ। 

लामो समयसम्म पनि घटनाका बारेमा स्पष्ट तथ्य प्रहरीले बाहिर नल्याए पछि मृतक वालका आफन्त र स्थानीयबासीले दबाबमुलक प्रदर्शन गरे पछि प्रहरीले दमन गरेको बिर्तामोडका स्थानीयहरु बताउँछन । बिर्तामोडका डिएसपी राजकुमार सिलवाललाई घट्नाका बारेमा सत्य तथ्य जानकारी गराउन सर्वसाधारणले निरन्तर दबाब दिदै प्रदर्शन गर्न थालेपछि स्थिति कावु वाहिर गएको हो।  स्याङजाबाट आएका डिएसपी सिलवालले प्रदर्शनमा आएकाहरुलाई झापालीहरुलाई नै तह लगाउन आफू आएको भन्दै धम्क्याएपछि झापालीहरु थप आक्रोसित भएका हुन्। उनीहरु डिएसपीलाई समेत कार्वाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन्।

र्‍यालीमा प्रहरीले बल प्रयोग गरेपछी ढुङगा हानाहान भएको थियो । प्रहरीले तीन राउण्ड गोली चलाएको छ। प्रहरीले कैयौ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ। 

पटक पटकको शान्तिपूर्ण मागलाई प्रसाशनले व्यवस्था गरेको भन्दै शुक्रवार बिर्तामोड बन्दको आह्वान गरेर स्वत स्फुर्त रुपमा निकालिएको र्‍यालीमा प्रहरीले टियर ग्यास र ढुङगा हानेर नागरिक आतंकित पारेको प्रत्यक्षदर्शीहरु बताउँछन । 

उजुरी दर्ता गर्न समेत आनाकानी गरेका डिएसपी सिलवालले घटनालाई तोडमोड गर्ने प्रयत्न गरिरहेको मृतक बालकका परिवारको आरोप छ । 

मृतकका आफन्त र सर्वसाधारणले बालकको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै निकालीएको विरोध र्‍यालीमा डिएसपी सिलवालले चर्को दमन गरेका छन् । 

प्रहरीको कामप्रति नै असन्तुष्टि जनाउँदै मृतकका आफन्त र सर्वसाधारणले इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी राजकुमार सिलवालको सरुवाको माग गरेका थिए । 

सयौंको संख्यामा बिर्तामोडमा भेला भएका सर्वसाधारणले प्रहरीबिरुद्ध चर्का नाराबाजी गर्दै बिर्तामोड बजार परिक्रमा गर्ने क्रममा प्रहरीले दमन गरेको हो । 

यस क्रममा प्रहरीले दुई दर्जन भन्दा बढी टियर ग्यास प्रयोग गरेको छ भने सयौंको संख्यामा रहेका सर्बसाधारणलाई लाठि प्रहार गरी घाईते बनाएको छ । 

गत असोज १४ गते भाइटीकाको दिन सुरेश पोखरेलको घरमा गएका बालक १५ गते बिर्तामोड–१ स्थित ठाकुर मन्दिर नजिकै बैंशावाडीको भौडीमा शंकास्पद अवस्थामा मृत फेला परेका थिए ।

यसैबीच मृतकका परिवार र सर्वसाधारणले बालकको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै सीता पाण्डेको संयोजनमा २७ सदस्यीय संघर्ष समिति गठन गरेका छन् ।

केही सर्वसाधारणलाई पक्राउ गरेको प्रहरीले उनीहरुलाई कुटपिट समेत गरेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

समाचार संकलनका लागी खटिएका सञ्चारकर्मीमाथी पनि प्रहरीले ढुङगा प्रहार र धरपकड गर्न थालेपछि यसो नगर्न आग्रह गर्दा केसीले गैरजिम्मेवारी पूर्ण रुपमा अभिब्यक्ति दिएका छन् । 

बिर्तामोडका डिएसपी सिलवालले सर्वसाधारणलाई बाटोमा हिड्न समेत नदिएर आफ्नो कर्तुत लुकाउने प्रयास गरिरहेको सर्वसाधारणले आरोप लगाएका छन् ।

यसैबीच जिल्ला प्रहरी कार्यालय झापा एसपी विष्णुकुमार केसी स्वयम पनि गैर जिम्वेवार ढंगबाट प्रस्तुत भएका छन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ