arrow

विर्तामोडका मेयरको घरमा तोडफोड, ट्राफिक प्रहरी कार्यालय व्यापक क्षति

logo
प्रकाशित २०७४ कार्तिक १० शुक्रबार
jhadap_jhapa.jpg

काठमाडौं । बालक हत्याको विरोधमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका झापा अर्जुनधारा र विर्तामोडका स्थानीयहरु माथि दमन गर्न लागेपछि भड्किएको आन्दोलनकारीको भीड विर्तामोड नगरपालिकाका मेयर ध्रुव शिवाकोटीको घरमा तोडफोड गरेका छन् । हत्यारालाई बचाउनको लागि स्थानीय जनप्रतिनिधिको समेत मिलेमतो रहेको भन्दै प्रदर्शनकारीले विहान मेयरको घरमा तोडफोड गरेका हुन् । 

दिउँसो दुई बजेसम्म पनि ठूलो संख्यामा प्रदर्शनकारीहरुले मेयरको घर अघि ढुंगामुढा गरिरहेका छन् । अहिले मेयर शिवाकोटीलाई उनकै घरमा प्रहरीले सुरक्षा दिएर राखेको छ । प्रत्यक्षदर्शी किरण खनालले दिएको जानकारी अनुसार मेयरले चढ्ने मे १ झ १२१ नम्बरको नगरपालिकाको सरकारी गाडीमा पनि स्थानीयले तोडफोड गरेका छन् । 


त्यस्तै मेयरको छोराले चढ्ने गरेको छोराको बुलेट मोटरसाईकल र मेयर शिवाकोटीले चढ्ने गरेको बा १० च ३०६१ नम्बरको कार पनि पूर्ण क्षतिग्रहस्त भएको छ । अर्जुनधारा नगरपालिकाको सीमाबाट भित्र छिर्न रोक लगाएको प्रहरीको सुरक्षा घेरा तोड्दै स्थानीयले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको सबै संरचना ध्वस्त बनाईदिएका छन् । 

अहिले कर्फयू जारी गरिएको भएपनि आन्दोलनकारीहरु मेयरको घर बाहिर आन्दोलन चर्काईरहेका छन् । प्रहरीले भने भटाभट अश्रु ग्यास प्रहार गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ