arrow

नेपाल अपाङ्ग महिला संघमा निर्मला धिताल

logo
शर्मिला विश्वकर्मा,
प्रकाशित २०७४ कार्तिक १० शुक्रबार
nirmala.jpg

काठमाण्डौं ।  नेपाल अपाङ्ग महिला संघको १८ औं वार्षिक साधारण सभा एवं ९ औं अधिवेशन काठमाण्डौंमा सम्पन्न भएको छ । नेपाल अपाङ्ग महिला संघको १८ औं वार्षिक साधारण सभा एवं ९ औं अधिवेशनले निर्मला धितालको अध्यक्षतामा २ जना सदस्य थप गर्ने गरी हाललाई ७ जनाको नयाँ कार्य समिति चयन गरेको छ ।

जसमा उपाध्यक्षमा कमला बुढाथोकी, महासचिवमा मिना पौडेल, कोषाध्यक्षतमा अनिता घिमिरे चयन भए भने सदस्यहरुमा मैया लमसाल, शोभामाया वि.क. र लक्ष्मी देवकोटा रहेका छन् ।

सो साधारण सभा एवं अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं काठमाण्डौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले पानसमा दिप प्रज्वलन गरेर गरे । उनले काठमाण्डौं महानगरपालिकाका कार्यक्रमहरुमा अपाङ्गता भएका व्यक्तिहरुको लागि गरिने कार्यक्रमका लागि बजेट छुट्याउने बताउदै अपाङ्गता मैत्री थप साझा बस ल्याउने बताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ