arrow

कांग्रेसप्रतिको निष्ठा अटल छ, एमालेले भ्रम सिर्जना गर्‍यो: शेरचन

logo
प्रकाशित २०७४ कार्तिक १० शुक्रबार
nepali-congress-flag.jpg.jpeg

मुस्ताङ्ग । नेपाली कांग्रेसबाट थसाङ्ग गाउँपालिका वडा ५ का वडा सदस्यमा निर्वाचित सदस्य एंव नेपाली कांग्रेस कुन्जोका ईकाई सचिव गौत्तम शेरचनले आफुले कांग्रेस त्यागेर एमालेमा प्रवेश गरेको भन्ने खवर झुठो भएको भन्दै त्यसप्रति विरोध गरेका छन् ।
 
आफु नेपाली कांग्रेसप्रति सधै प्रतिवद्व रहेको जनाउँदै आफु र नेपाली कांग्रेसका विरुद्व कुप्रचार नगर्न एमालेलेलाई राजनीतिक संस्कार पालना गर्न सुझाव दिएका छन् ।   प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा कांग्रेसका विरुद्व कुप्रचार गरी एमालेले जनमानसमा भ्रम सिर्जना गर्न खोजेको भन्दै उनले आफु सधै कांग्रेसप्रति प्रतिवद्व रहेको स्पष्ट पारेका छन् ।  

उनले एमालेको एउटा कार्यक्रममा आफु निजी कामले एक व्यक्तिसँग भेटघाट गर्न जाँदा खादा लगाउने वेला भएको र आफुलाई पनि लगाईदिएको कुरालाई केहि व्यक्तिले फेसवुकमार्फत एमालेमा प्रवेश गर्‍यो भनेर कुप्रचार गरेकोमा भन्दै  आपत्ति जनाएका छन् ।

‘म एमालेमा प्रवेश गरेको भन्ने कुरा सरासर झुठो र भ्रामक छ,’ शेरचनले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन् ‘नेपाली कांग्रेसप्रतिको मेरो आस्था र विस्वास सधै अटल छ । त्यो कहिल्यै डग्ने छैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ