arrow

विश्वकपको पुरस्कार राशी ४० करोड अमेरिकी डलर पुग्यो

logo
प्रकाशित २०७४ कार्तिक १० शुक्रबार
WorldCup.jpg

कलकत्ता । फुटवलको अन्तर्राष्ट्रिय महासंघ (फिफा)ले सन् २०१८ का लागि विश्वकपको पुरस्कार राशीमा सन् २०१४ को तुलनामा १२ प्रतिशतले वृद्धि गरी चालीस करोड अमेरिकी डलर बनाउने भएको छ ।  फिफाले पुरस्कार राशी बढाइएको बिषयमा शुक्रबार सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा जनाएको छ ।

ब्राजिलमा भएको विश्वकपमा तीन करोड ५८ लाख अमेरिकी डलरको पुरस्कार तय गरेको थियो भने विश्वकप विजेता जर्मनीले तीन करोड ५० लाख पाएको थियो । त्यसैगरी उप–विजेता अर्जेन्टिनाको फुटबल समूहले दुई करोड २५ लाख पाएको थियो ।  विश्वकप फुटबलको ‘ग्रुप स्टेज’मा पुग्नै नसक्ने सहभागी समूहले पनि समेत ८० लाख पाएका थिए ।

विश्वकप फुटबलको सञ्चालन समूह फिफा काउन्सिलको कलकत्तामा भएको बैठकले सन् २०२६ मा हुने विश्वकपका लागि आवश्यक पर्ने बोलपत्र सम्बन्धि कानूनलाई शुक्रबार अनुमोदन गरेको छ । बैठकले बोलपत्र मुल्याङ्कन कार्यसमितिका सदस्यहरूको पनि नियुक्ति गरेको छ ।

त्यसैगरी परिषद्ले फिफाका आगामी बर्ष संयुक्त अरब इमिरेट्समा हुने क्लब विश्वकप, सन् २०१९ मा फ्रान्समा हुने महिलातर्फको विश्वकप लगायतको केही प्रतियोगिताहरूको मितिसमेत तोकेको छ । सन् २०१८ को क्लब विश्वकप डिसेम्बर १२ देखि २२ सम्म हुनेछ भने महिलातर्फको विश्वकप सन् २०१९ को जुन ७ मा शुरु भै जुलाई ७ मा सकिने छ । एएफ्पी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ