arrow

विवेकशील साझा पार्टी प्रदेश नं ६ अन्तर्गत सुर्खेत जिल्लामा उम्मेदवारी घोषणा

logo
प्रकाशित २०७४ कार्तिक ११ शनिबार
surkhet_candidate-012.jpg

सूर्खेत । विवेकशील साझा पार्टीले क्रमिक रुपमा काठमाडौँ लगायत अन्य जिल्लामा प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा उम्मेदवारी घोषणा गर्दै आईसकेको छ। यसै क्रममा पार्टीले छैटौँ चरणमा आउने मङ्सिर २१ गते हुन् गईरहेको निर्वाचनक लागि सुर्खेत जिल्लामा उम्मेदवारी घोषणा गरेको छ। र अन्य उम्मेदवारहरु पनि क्रमश: घोषणा गर्दै जाने पार्टीको नीति रहेको छ।

यस पटकको चुनावमा राष्ट्रिय पार्टी बन्ने र अर्को पटक देशको नेतृत्व गर्ने लक्ष्य लिएको विवेकशील साझा पार्टीका सुर्खेत जिल्लाका उम्मेदवारहरूको परिचय यस प्रकार छ -
 
रम्मा आचार्य, सुर्खेत क्षेत्र नं १ 

सुर्खेत स्थित आशा नेपाल संस्थाकी संस्थापक आचार्य सल्लाहकार हुन्l सुर्खेत लगाएत विभिन्न जिल्लाका ग्रामिण भेगका नागरिकहरुलाई महिला सशक्तिकरण, गरिबी उन्मुलन जस्ता सामाजिक जनचेतनामुलक कार्यक्रमहरु आयोजना गर्ने उनि विभिन्न सामाजिक संस्था तथा गैर सरकारी संस्थामा आवद्ध छिन् । 

दिपक रेग्मी, सुर्खेत क्षेत्र नं १ (क)

गुर्भाकोट - ८ सुर्खेतका रेग्मी विगत ११ वर्षदेखि पत्रकारिता क्षेत्रमा आवद्ध छन् । आमसंचारमा स्नातक उनले माउन्टेन टेलिभिजन, सुर्खेतको बुलबुले एमएम लगाएत अन्य एमएमहरुमा काम गरिसकेका छन् । आईटीमा विशेष दख्खल दिने  रेग्मी वेबडेभलपर पनि हुन् । 

सुसंस्कृत राजनीतिक संस्कार निर्माणका लागि आफुले उम्मेदवारी दिएको उनी बताउँछन् ।

लोकेन्द्र शाही सुर्खेत क्षेत्र नं १ (ख)

भेरीगंगा - ११, सुर्खेतका शाही सामुदायिक वन उपभोक्ता समितीमा कार्यरत उनले करिब ६ वर्ष सुर्खेतकै विभिन्न नीजि तथा सार्वजनिक विद्यालयहरुमा अध्यापन गराएका थिए । 
डा. गोविन्द आचार्य, सुर्खेत क्षेत्र नं २ 

राजनीति शास्त्रमा पिएचडि गरेका डा. गोविन्द आचार्य नेपाल टेलिकममा ३२ वर्षसम्म प्राविधिक अधिकृतका रुपमा कार्यरत थिए । आचार्य २०४६ सालदेखि नेपाल ट्रेड युनियन काँग्रेसको भातृसंस्था अन्तर संस्थान कर्मचारी संघ सुर्खेतको सचिव रहेका उनी, देशमा असल राजनीतिक संस्कारको स्थापना गरि देशको राजनीतिक, सामाजिक र आर्थिक विकास गर्नुको साथै देश तथा समाजमा विकास, शुसासन र सामाजिक न्यायको स्थापना र अभिवृद्धि गर्न आफु राजनीतिमा आएको बताउछन्l 

ओमदत्त रेग्मी, सुर्खेत क्षेत्र नं. २ (क)

वीरेन्द्रनगर, ७, सुर्खेतका ओमदत्त रेग्मी पेशाले सिभिल ईन्जिनियर हुन्। ३३ वर्ष सरकारी सेवामा ईन्जिनियर भएर काम गरेका उनी सुर्खेत जिल्लामा विपश्यना ध्यान केन्द्रका संस्थापक सदस्य समेत हुन् । यो देश बनाउने जिम्मा हरेक नागरिकहरुको हो भन्दै अब आफू जहिले सम्म सकिन्छ सक्रिय भएर देशलाई उन्न्नती तर्फ धकल्ने लक्ष्य राखी राजनीतिमा होमिएका उनी विवेकशील साझा पार्टी सुर्खेतका सक्रिय सदस्य हुन्। 

पदमप्रसाद खनाल, सुर्खेत क्षेत्र नं २ (ख)

पञ्चपुरी, ४, सुर्खेतका खनाल कम्प्युटर ईन्जिनियर तथा हार्डवेयर विज्ञ हुन् । सुर्खेतको शहिद स्मारक आधारभुत विद्यालय र यज्ञपिस होम्स एकेडेमीमा ३ वर्ष शिक्षण पेशामा आवद्ध उनी लामो समयदेखि विभिन्न आध्यात्मिक तथा धार्मिक क्षेत्रहरुमा पनि आवद्ध छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ