arrow

चर्चित उद्योगी सूर्य बहादुर केसी काँग्रेसमा प्रवेश, प्रधानमन्त्री सहित शीर्ष नेताले भित्र्याए

logo
प्रकाशित २०७४ कार्तिक ११ शनिबार
congress-akhanda_parti.JPG

काठमाडौं । पोखराका चर्चित उद्योगी एवं राप्रपाका पूर्व कोषाध्यक्ष सूर्य बहादुर केसी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । शनिबार पोखरामा आयोजित कार्यक्रमकाबीच के।सी। र पूर्व मन्त्री कुमार खड्का काँग्रेसमा प्रवेश गरेका हुन् । पोखरामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति एबम प्रधानमन्त्री शेर बहादुर देउवा ,वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र उप प्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ सहितको उपस्थितीमा आयोजित कार्यक्रममा केसी काँग्रेसमा प्रवेश गरेका हुन् । 

कार्यक्रममा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने प्रयासको थालनी भएकाले सबै लोकतन्त्रवादी एकजुट हुनुपर्नेमा जोड दिए । “वाम गठबन्धनले आम सर्वसाधारणमा स्वतन्त्रताको हनन, अधिनायकवादको थालनी गर्ने जस्ता धेरै डर त्रास यतिखेर सर्वसाधारणमा छाएको छ,” उनले भने, “लोकतन्त्रको स्थापना र यसको संस्थागत विकासका लागि निरन्तर संघर्ष गर्दैआएको काँग्रेसले मात्र डर त्रास मुक्तसमाजको निर्माण गर्नसक्छ ।” 

लोकतन्त्रको रक्षा केवल काँग्रेसले मात्र गर्नसक्ने कुरा नेपाली जनताले बुझेको बताउँदै प्रधानमन्त्री देउवाले अहिलेको निर्वाचन लोकतन्त्रको संरक्षण, विकासवादी सोच र अधिनायकवादी सर्वसत्तावादी सोच बीचको भएको उल्लेख गरे । 

कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न संघ र प्रदेशको निर्वाचन लोकतन्त्र जोगाउने की अधिनायकवाद तर्फ फर्कने बीचको सिद्धान्तको लडाइँ भएको बताए । “नेपालमा लोकतन्त्रको रक्षा गर्ने चुनौती देखिएको छ,” उनले भने“लामो समयको संघर्ष र सहमतिले बनाएको संविधान उल्टाउने प्रयास भएको छ, दुई तिहाइ ल्याएर संविधान फेर्छौं भन्ने कुरा राम्रो होइन ।” संविधानको मौलिक विषयमा प्रश्न उठाउनु देशका लागि अप्रिय भएको बताउँदै उहाँले लोकतन्त्र र संविधानको रक्षाका लागि काँग्रेसको विजय हुनु अपरिहार्य भएको बताए । 

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकजति समृद्धितर्फ अघि बढ्छ वामपन्थीको शक्ति त्यति घट्दै जाने तर्क गरे । उनले अवको युग आर्थिक समृद्धि र विकासको युग भएकोले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली काँग्रेसको चारतारे झण्डामुनि समाहित हुन सबैसँग आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ