arrow

विश्व स्काउटको सर्वोच्च पदक पाउने पहिलो नेपाली श्रीरामलाई सम्मान

logo
प्रकाशित २०७४ कार्तिक ११ शनिबार
shreeram-scout.jpg

काठमाडौं। स्काउटको सर्वोच्च पदक ब्रोन्जउल्फ बिजेता श्रीराम लामिछानेलाई विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरिएको छ । नेपाल स्काउटका निवर्तमान प्रमुख तथा ललितपुर जिल्ला स्काउटका प्रमुख आयुक्त लामिछानेलाई गोदावरी श्रेत्रका स्काउटरहरुको आयोजनमा सम्मान गरिएको हो । 

विश्व स्काउट संगठनबाट सन २०१६ जनवरी २९ मा घोषणा गरिएको सो पदक १८ अगस्त २०१७ मा अजरबैजानको वाकुमा सम्पन्न विश्व स्काउटको ४१ औँ विश्व सम्मेलनको विशेष समारोहमा लामिछानेलाई प्रदान गरिएको थियो । 

लामिछानेले राष्ट्रिय एसिया प्रशान्त श्रेत्रीय र विश्व स्तरमा स्काउटिङको विकासमा पुराएको योगदानको कदर गदै सवोच्च पदक प्रदान गरिएको हो । सन १९३५ मा स्थापित सो पदक हासिल गर्न लामिछाने ८० वर्षको इतिहासमा पहिलो नेपाली हुन । 

यस्तै विश्व स्काउट संगठनको सतवार्षिकी मनाउने सिलसिलामा लामिछानेको  विशेष पहलबाट रसुवा जिल्लामा अवस्थित हिमशिखरलाई स्काउटका प्रवद्र्धक लर्ड वेडेन पावेलका नाममा नामाकरण गरिएको थियो। 

पाँच हजार ८९० मिटरको सो हिमशिखर चढ्न विश्वका विभिन्न राष्ट्रका युवा स्काउटर उल्लेखनीय रुपमा नेपाल आउने गरेका छन्। । 

कार्यक्रममा गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले स्काउटमार्फत नेपालको शिरलाई विश्व जगतमा नाम राख्न सफल भएकोमा लामिछानेको प्रशंसा गरे । उनले स्काउटजस्तो मर्यादित र अनुशासित संस्था विकासका लागि नगरपालिकाका तर्फबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाए । 

यस्तै सम्मानित व्यक्तित्व लामिछानेले पदकबाट विभूषित हुन पाउनु सौभाग्य भएको बताए । उनले सकारात्मक सोचले मात्र देशको उन्नति हुने भएकाले स्काउटजस्तै सबै क्षेत्रलाई अनुशासित बनाउनुपर्नेमा जोड दिए । 

लामिछाने हाल विश्व स्काउट संगठन एसिया प्रशान्त क्षेत्रीय स्काउट संगठनको एवार्ड समितिको अध्यक्ष हुन्। 

विगत ५४ वर्षदेखि निरन्तर यस क्षेत्रमा लागेका लामिछाने यसअघि एसिया प्रशान्त क्षेत्रीय समितिको प्रथम उपाध्यक्ष भएर काम समेत गरिसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ