arrow

विश्व पावरलिफ्टिङ च्याम्पियनसिपमा नेपाललाई स्वर्णपदक

logo
प्रकाशित २०७४ कार्तिक ११ शनिबार
Buddhi_le_dilaye_nepallai_swarna.jpg

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा भएको विश्व पावरलिफ्टिङ च्याम्पियनसिपमा नेपाली खेलाडी बुद्धिजंग कार्कीले स्वर्ण पदक प्राप्त गरेका छन् । 

९० केजी तौल समूहमा कार्कीले १६० केजी भार बहन गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भएका हुन् । उनले भारतीय खेलाडीहरुलाई पछि पारेका थिए ।

सन् २०१५ मा दिल्लीमा नै भएको बिश्व पावरलिफ्टिङ्गमा पनि बुद्धिले रजत पदक प्राप्त गरेका थिए ।

यसअघि सोही प्रतियोगितामा बाबु ज्ञानेन्द्र नकर्मी र छोरा रोजिन नकर्मीले पदक हात पार्दै एकै प्रतियोगितामा बाबु छोराले पदक प्राप्त गरेको इतिहास रच्न सफल भएका थिए । 

ज्ञानेन्द्रले मास्टरतर्फ रजत र रोजिनले कास्य पदक हात पारेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ