arrow

ट्राइएथलन च्याम्पियनसिपमा बसन्त र सोनीले जिते स्वर्णपदक

logo
प्रकाशित २०७४ कार्तिक ११ शनिबार
sena_ka_basanta_ra.jpg

पोखरा । नेपाली सेनाका बसन्त थारु र सशस्त्र प्रहरीकी सोनी गुरुङ्ग एनएसए सातौं राष्ट्रिय ट्राइएथलन च्याम्पियनसिप २०७४ मा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् ।

ट्राइएथलनको पुरुष स्प्रिन्टतर्फ ७५० मिटर पौडी, २० किमी बाइक र ५ किमी दौड सेनाका थारुले १ घन्टा ६ मिनेट १९ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारेका हुन् । 

दोश्रो स्थानमा रहेका दिपेश चौधरीले उक्त दूरी १ घन्टा ७ मिनेट ५० सेकेन्डमा र तेश्रो स्थानमा रहेका रुद्र कटुवालले १ घन्टा ८ मिनेट १५ सेकेन्डमा पूरा गरे । दुवै सेनाकै खेलाडी हुन् । 

यस्तै महिलातर्फ सोनीले उक्त दूरी १ घन्टा २२ मिनेट २४ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पार्दा सेनाकी यामकुमारी भुजेलले १ घन्टा २६ मिनेट ५५ सेकेन्डमा पार गर्दै रजत पाइन् ।
 
नेपाल ट्राइएथलन संघको आयोजनामा पोखरा लेकसाईडमा भएको च्याम्पियनसिपको ५ किमी दौड, २० किमी बाइक र २.५ किमी दौडको दुवाथलनमा पुरुषतर्फ सेनाका मानबहादुर थापाले स्वर्ण पाए । 

उनले उक्त दूरी ५७ मिनेट ३६ सेकेन्डमा पूरा गरे । ५९ मिनेट २० सेकेन्डका साथ एपिएफका किरण मल्लले रजत र १ घन्टा ३३ सेकेन्डका साथ काठमाडौंका लक्ष्मण मल्लले कास्य पाए ।

महिलातर्फ प्यूठानकी हुमी बुढामगरले उक्त दूरी १ घन्टा १० मिनेट ५५ सेकेन्डमा पूरा गर्दै स्वर्ण पाइन् । 

१ घन्टा १४ मिनेट १२ सेकेन्डका साथ सेनाकी मञ्जु खड्काले रजत र १ घन्टा २१ मिनेट ४१ सेकेन्डका साथ झापाकी शान्तिकला राईले कास्य पाइन् । 

प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी बल, कास्की, धनुषा, उदयपुर, बाँके, काठमाडांै, मोरङ्ग, प्यूठान, ललितपुर र झापाका गरी ट्राइएथलनतर्फ ९ पुरुष र २ महिला तथा दुवाथलनतर्फ २१ पुरुष र ७ महिलाले प्रतिस्पर्धा गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ