arrow

सोमालियामा कार बम विस्फोट, १४ मारिए 

logo
प्रकाशित २०७४ कार्तिक १२ आइतबार
somalia.jpg

सोमालिया । सोमालियामा भएको कार बम विष्फोटमा कम्तिमा १४ जना मारिएका छन् ।

राजधानी मोगादिशुमा बम विस्फोटमा ३५० जना मारिएको दुई हप्तापछि भएको दुई नयाँ विस्फोटमा उनीहरुको ज्यान गएको हो ।

पहिलो विस्फोट एउटा होटलमा कार बम लगेर गरिएको थियो। त्यसपछि लडाकुहरुले उक्त भवनमाथि हमला गरेका थिए।

दोश्रो विस्फोट पूर्व संसद् भवन नजिकै गरिएको थियो।

इस्लामवादी लडाकु समुह अल–शबाबले उक्त आक्रमणको जिम्मा लिएको छ।

गत अक्टोबरको १४ तारिखमा भएको आक्रमणमा ३५८ मारिएका थिए भने ५६ जना अझै बेपत्ता छन् । 

Map showing Mogadishu



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ