arrow

चितवनमा रगतको अभाब

logo
प्रकाशित २०७४ कार्तिक १२ आइतबार
blood-donation.jpg

चितवन । चाडपर्वसँगै रक्तदान कार्यक्रम नभएपछि यहाँ रगतको अभाव देखिएको छ । 

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार दशैं, तिहार र छठ पर्वका कारण रक्तदान कार्यक्रमको आयोजना नभएपछि रगतको अभाव भएको हो । 

पौडेलले आउँदो सातासम्ममा रगत सहज बन्ने बताए । नेपाल रेडक्रस सोसाइटी उपशाखा र स्वयंसेवी संस्थाले रक्तदान कार्यक्रम गर्न थालेकाले क्रमशः सहज बन्दै जाने उनले बताए । 

गत आर्थिक वर्षमा ३५ हजार युनिट रगत जिल्लामा खपत भएको थियो । पौडेलका अनुसार दैनिक एक सयदेखि १५० युनिट रगत जिल्लामा माग हुने गर्दछ । 

हाल रगत आवश्यक परेका बिरामीका आफन्तहरु मिल्दो समूहको व्यक्ति खोजेर केन्द्रमानै गएर रगत दिने गरेका छन् । यसका लागि जिल्लामा गठित युथ फर ब्लड नामक युवाको संस्थाले सहयोग गर्दै आएको छ । 

जिल्लामा माग हुने रगतमध्ये सबैभन्दा बढि विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका बिरामीलाई जाने गर्दछ । यसका साथै भरतपुरको सरकारी अस्पताल, दुई निजी मेडिकल कलेज र निजी अस्पतालमा पनि रगत जाने गर्दछ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ