arrow

संसद अन्योलमा

logo
प्रकाशित २०७२ माघ ५ मंगलबार
sansad-.jpg.jpeg.jpeg
काठमाडौं । संविधान संशोधन प्रक्रिया अघि बढाउने वा नबढाउने भन्ने विषय यकिन नभएपछि तोकिएको समयमा संसद संचालन हुन सकेको छैन । दिउँसो १ बजेका लागि डाकिएको बैठक अझै सुरु भएको छैन । मधेसी मोर्चाको माग सम्बोधन गर्ने सन्दर्भमा संविधान संशोधन अघि बढाउने वा नबढाउने भन्नेबारे शीर्ष तीन दलका नेताहरु आन्तिरक छलफलमा जुटेका छन् । 
 
आफु संसद भित्रै रहेको जानकारी दिँदै तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्लले बैठक सुरु नभएको र सरकारी पक्षको छलफल चलिरहेको जानकारी दिए । मधेसी मोर्चाले तीन दल माग सम्बोधन गर्न अझै गम्भीर नभएको र आफुहरुको प्रस्ताव अटेर गरेको भन्दै पुनः आन्दोलनमा फर्किने चेतावनी दिइरहेका छन् ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ