arrow

तेस्रो राष्ट्रिय अकुलोप्लाष्टिक  सम्मेलन सम्पन्न

logo
प्रकाशित २०७४ कार्तिक १२ आइतबार
Invitation-3rd_National_Oculoplastic.jpg

काठमाडौं । सुन्दर दृष्टिकालागि सहकार्य विषयमा आधारित तेस्रो राष्ट्रिय अकुलोप्लाष्टिक (आँखाको प्लाष्टिक शल्यक्रिया) सम्बन्धि सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ। 

देशमा आवश्यक पर्ने आँखाको प्लाष्टिक शल्यक्रिया सेवामा नैतिक, गुणस्तरीय र आवश्यक सेवा उपलब्ध गराउने,आँखाको युवा डाक्टरहरुमा प्लाष्टिक सेवा र शल्यक्रिया विधामा आकर्षण पैदा गर्ने तथा यसको लागि मानव संसाधन विकास गर्ने र आँखाको प्लाष्टिक शल्यक्रिया सम्मेलनको आयोजना नियमित रुपमा गरी सहभागिता, ज्ञान तथा क्षमता विकास गर्ने  उद्देश्यकासाथ सम्मेलन सम्पन्न भएको हो ।

संमेलनमा आँखाको प्लाष्टिक शल्यचिकित्सक, सामान्य नेत्र विशेषज्ञ, आवासिय चिकित्सकका लागि तयार गरिएको हो । मूख्य कार्यक्रम बाहेक अन्य विषय जस्तै आँखाको डिल, आँखाको डल्लो बस्ने ठाँउ,आँसु नली, आँखाको क्यान्सर,आँखाको सुन्दरता र जटील रोग सम्बन्धि छलफल भएको थियो ।


२७ र २८ तारिख गरेर दुई दिनसमम्म चलेको  सम्मेलनमा १२ जना राष्ट्रिय र २२ जना अन्तराष्ट्रिय (क्यानडा, बेलायत,अमेरिका,स्विजरल्याण्ड, ब्राजिल, चिली,स्पेन, जापान, भारत,पाकिस्तान र बंगलादेश) का विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यो भन्दा पहिला पहिलो राष्ट्रिय अकुलोप्लाष्टिक सम्मेलन २८ र २९ अक्टोबर २०१० मा भएको थियो । जसमा १६ जना राष्ट्रिय र ६ जना अन्तराष्ट्रिय विज्ञहरुले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै दोश्रो राष्ट्रिय अकुलोप्लाष्टिक सम्मेलन १८ र १९ अक्टोवर २०१४ मा भएको थियो । जसमा १२ जना १२ जना राष्ट्रिय र १४ जना अन्तराष्ट्रिय विज्ञहरुले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

अकुलोप्लाष्टिक आँखा स्वास्थ्यको त्यो सेवा हो जुन आँखाको सौन्दर्य देखि लिएर क्यान्सर सम्मको उपचार विधिलाई जनाउँछ । दुर्घटनावाट विग्रेको देखि आफ्नो आँखाको प्राकृतिक आकार परिवर्तन गर्न चाहने सम्मलाई यो विधाले समेट्दछ । अकुलोप्लाष्टिकले आँखाको डल्लो बस्ने ठाँउ, आँखाको डिल,आँसु नली र अनुहारको आकृतीलाई समावेश गदर्छ साथै यसले आँखाको बिग्रिएको संरचनालाई उपचार पद्दतीबाट पूर्नसंरचना गर्ने काम गर्दछ । हालका वर्षमा यस रोग निदानमा उल्लेखनिय उन्नती देखिएको छ । नयाँ अवधारणा तथा उपचार पद्धतीले हाम्रो क्षमतामा विकास गरेको छ । यि नविनतम प्रयास दैनिक चिकित्सा प्रयोगमा लागू गर्न सकिने अवस्थामा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ