arrow

पाल्पामा पहिलोपटक एमबिए अध्ययन, बिद्यार्थी उत्साहित

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ कार्तिक १२ आइतबार
campus_press_miyt.jpg

पाल्पा । जिल्लामा पहिलो पटक एमबिएको अध्ययन सुरु भएको छ । तानसेनमा पत्रकार सम्मेलन गरी पाल्पा इन्टरनेश्नल कलेज अफ म्यानेजमेन्ट एण्ड आई. टीले अन्तर्राष्ट्रिय स्तरको व्यवहारिक शिक्षा सुरु गरेको जनाएको छ । जिल्लामा बिबिए अध्ययन गर्ने व्यवस्था भए पनि एम बिए अध्ययनको लागि विद्यार्थीहरु बाहिर जानुपर्ने बाध्यता रहेको थियो । पाल्पा इन्टरनेश्नल कलेज अफ म्यानेजमेन्ट एण्ड आईटीमा जिल्लामै एम बिए र बिबिए अध्ययन हुने भए पछि यहाँ विद्यार्थीहरु बाहिर जानु पर्ने बाध्यता हटेको छ । 

त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त लिङ्कन युनिर्भसिटी र नेपाल सरकारबाट स्वीकृत प्राप्त यस कलेजले स्वच्छ —स्वस्थ वातावरणमा प्रतिस्पर्धात्मक गुणस्तरीय शिक्षा प्रदान गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आवश्यकता र माग परिपूर्ति गर्ने क्याम्पस प्रमुख कमल खत्रीले बताए । कलेजले बढ्दो प्रतिस्पर्धाको समयमा यस तहमा अध्ययन गर्ने विद्यार्थीलाई सैद्धान्तिक ज्ञान भन्दा प्रयोगात्मक ज्ञान प्रदान गर्ने क्याम्पस प्रमुख खत्रीको भनाई रहेको छ । 

धेरै विद्यार्थीहरु पढाईमा केही रकम खर्च गरेर भए पनि पढाई सक्ने बित्तिकै रोजगारिमा जान चाहन्छन् । शैक्षिक बेरोजगारिबाट वाक्का भएकाहरुका लागि यो राम्रो विकल्प रहेको छ । क्याम्पस प्रमुख खत्री व्यवस्थापन विषयको स्कोप स्देशमा मात्र नभएर विश्वमै राम्रो रहेको बताउँछन् ा विश्वमा जुनसुकै क्षेत्रमा जति जनशक्तिको माग हुन्छ , त्यसमा ५० प्रतिशत भन्दा बढी जनशक्ति व्यवस्थापन संकायबाट गएको हुन्छ खत्री भन्दछन्, “त्यसले विद्यार्थीलाई ज्ञान मात्र भर्ने होईन उनीहरुले पाएको ज्ञानलाई कसरी व्यक्त गर्ने भन्ने समेत सिकाउँछ ।” 

जिल्लाको सदरमुकाम तानसेन ५ कैलाशनगरमा रहेको यस  कलेजमा यसै शैक्षिक सत्र देखी अध्ययन अध्यापन कार्य सञ्चालन हुने क्याम्पसले जनाएको छ ।  यस कलेजले ०७० पुष ३० मा दर्ता गरेको भए पनि ४ वर्षको निरन्तर संघर्ष पछि ०७४ अशोज ४ बाट नेपाल सरकारबाट विधिवत् रुपमा मान्यता प्राप्त गरेको छ । बिबिए संकायमा स्नातक तह अन्र्तगतको चार वर्षे र स्नाकोत्तर तह मा दुई वर्षे शैक्षिक कार्यक्रम रहेको  क्याम्पस सञ्चालक सदस्य मेघराज पौडेलले बताए । 

४ वर्षे बिबिए अध्ययन गर्नका लागि मासिक ८ हजार र २ वर्षे एम बिए अध्ययनका लागि २ लाख ९६ हजार ६ सय शुल्क तिर्नु पर्ने  सदस्य पौडेलको जनाए  ।  जिल्लामा एम बिए अध्ययन हुने भए पछि जिल्लामा अध्यनरत  विद्यार्थीहरु उत्साहित भएका छन् । आफ्नै गाँउ ठाउँ र जिल्लामा सर्वशुलभ रुपमा अध्ययन गर्न पाउने भए पछि बिद्यार्थीहरु उत्साहित भएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ