arrow

सिटौलाको नाम समानुपातिक सूचीबाट हट्यो, झापा ३ बाट प्रत्यक्षमा उठ्ने 

logo
प्रकाशित २०७४ कार्तिक १२ आइतबार
Sitaula.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको नाम समानुपातिक सूचीबाट हटाईएको छ । आईतबार नेपाली काँग्रेसले बुझाएको समानुपातिक तर्फको अन्तिम बन्दसूचीमा सिटौलाको नाम हटाईएको हो । 

नेता सिटौलालाई अब झापा क्षेत्र नं ३ बाट उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको छ । यस अघि लोकतान्त्रिक गठबन्धनमा जोडिएको राप्रपालाई सिट दिने विषयमा कुरा मिलिरहको थिएन भने सोही समयमा सिटौलाको नाम समानुपातिक सूचीमा राखिएको थियो । तर, सिटौलाले आफू समानुपातिकमा नबस्ने भन्दै बारम्बार चेतावनी दिएपछि पार्टीले उनलाई प्रत्यक्षमा नै उठाउन लागेको हो । उनको नाम समानुपातिक सूचीबाट हटाईएको र प्रत्यक्ष तर्फ झापा ३ बाट उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको सिटौलाका राजनीतिक सहयोगी किरण सिटौलाले जानकारी दिए । 

निर्वाचन आयोगले आईतबारको लागि समानुपातिक तर्फको अन्तिम बन्दसूची पेश गर्ने समय तोकेको थियो । यही समयमा काँग्रेसले उनको नाम सच्याएको हो । अब झापा ३ मागी रहेको राप्रपालाई झापा ५ नं क्षेत्र दिने विषयमा छलफल चलिरहेको पनि काँग्रेसले जनाएको छ । राप्रपाले मानेको खण्डमा झापा ३ को ठाउँमा राप्रपालाई झापा ५ दिने तयारीमा काँग्रेस छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ