arrow

थाइ राजाको अन्त्येष्टीमा थाइल्याण्डका नेपाली समुदाय पनि  सहभागि

logo
प्रकाशित २०७४ कार्तिक १३ सोमबार
nrna-thailand-thai-naresh.jpg

थाइल्याण्ड। थाई राजा भूमिबल आदुल्यादेजको अन्तेष्टिमा सहभागी हुन विश्वभरका नेता थाइल्यान्ड पुगेका छन् । थाइल्यान्डमा रहेका नेपाली समुदायले समेत राजा भूमिबलप्रति बैंककको राज बिहारमा एक बिशेष कार्यक्रम  गरी  राजा भूमिबलप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्यान्डको आयोजनामा भएको उक्त कार्यक्रममा सम्माननीय राजगुरु (रोयल मंक) को पनि उपस्थिति रहेको थियो । मन्दिरमा प्रार्थना पश्चात एनआरएनको टोलीले  त्यहाँ रहेका नेपालीले राजा भूमिबलप्रति सानाम लुआङ्ग पुगेर अन्तिम श्रद्धाञ्जली दिए ।
 
गैरआवासीय नेपाली संघद्वारा आयोजित श्रद्धाञ्जली सभामा त्यहाँका चार शाही भिक्षुलाई ‘चिवर (भिक्षुको पवित्र वस्त्र)’ प्रदान गरी प्रार्थना गराइएको एनआरएनएका अन्तर्रा्ष्ट्रिय समिति कार्यकारी सदस्य खगेन्द्रराज ढकालले जानकारी दिए । गत बुधबार देखि सुरु भएको ५ दिने अन्तेष्टि आइतबार सम्पन्न भएको छ ।
 
मृत व्यक्तिको सम्झनामा भिक्षुलाई चिवर दान गरे स्वर्गवास हुने विश्वास रहिआएको छ । त्यहाँको किङ मोंगुट प्राविधिक विश्वविद्यालयका  प्राध्यापक  समेत रहेका ढकालले राजा भूमिबलले न्यून आय भएको राष्ट्रलाई आफ्ना शासनकालमा अघि बढाएको भन्दै उनी विश्वकै नेताका रूपमा स्मरण गरे ।

राजा भूमिबलको पाँचदिने अन्त्येष्टि कार्यक्रम आइतबार सकिएको छ । १३ अक्टोबर २०१६ मा ८८ वर्षको उमेरमा उनको निधन भएको थियो । उनको पार्थिव शरीरलाई एक वर्षसम्म ग्रान्ड पलेसमा राखिएको थियो । पार्थिव शरीर त्यहीको बगैंचामा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।
 
१९ मिलियन मानिसहरुले राजाको नाम मा फुल चढाएको थाई मेडियाले जनाएका छन् । यस्तै लाखौ सहभागी भएको श्रद्धाञ्जली सभामा एनआरएनए थाइल्यान्डको लागि छुटै कार्यक्रमको अवसर प्रदान गरेकोमा एन आर एन ए का अध्यक्ष आसाजिता अवालेले राज बिहार र थाई अधिकारीहरुप्रति कृतज्ञता ब्यक्त गरे ।
 
एक वर्षसम्म विश्वका नेता थाइल्यान्डमा पुगेर पार्थिव शरीरमा माल्र्यार्पण गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि गत वैशाखमा बैंकक पुगेर माल्यार्पण गरेकी थिइन् । उनको अन्त्येष्टिमा नेपालका तर्फबाट रक्षामन्त्री भीभसेनदास प्रधान बैंककमा सहभागी भएका थिए । 

अन्त्येष्टिमा थाल्यान्डका लाखौं सर्वसाधारण तथा ९४ देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भए । ब्रिटेनका राजकुमार एन्ड्र्यु, जापानका राजकुमार अकिसिनोसहित नेदरल्यान्ड, बेल्जियम, स्पेन, स्विडेनका शाही परिवारका सदस्य र अमेरिकी रक्षामन्त्री जेम्स माटिससमेत सहभागी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ