arrow

न्युजिल्याण्डमाथि भारतको नाटकिय ६ रनको जित

logo
प्रकाशित २०७४ कार्तिक १३ सोमबार
india-cricket.jpg

कानपुर । भारतले तेस्रो तथा अन्तिम एक दिवसिय क्रिकेटमा न्युजिल्याण्डमाथि ६ रनको नाटकिय जित हासिल गरेको छ । 

कानपुरमा आइतबार राति भएको खेलमा जित हासिल गरेसंगै भारतले तीन खेलको सिरिज २–१ ले जितेको छ । 

भारतले यो सिरिज जितेर अहिलेसम्म खेलेका ११ सिरिजमा जितसंख्या ७ बनाएको छ । ४ वटा न्युजिल्याण्डले जित्दा २ खेल बराबरीमा सकिएका थिए । 

भारतले आफ्नो भुमिमा खेलेका ६ वटै सिरिज जितेको छ । 

भारतले लगातार सिरिज जित संख्यालाई ७ बनाएको छ । 

सन् २०१६ को जुनपछि भारतले कुनै पनि एक दिवसिय सिरिज हारेको छैन । भारतले जिम्बाब्वे, इंगल्याण्ड, न्युजिल्याण्ड, वेष्ट इन्डिज, श्रीलंका, अष्ट्रेलिया र फेरि न्युजिल्याण्डलाई हराएको छ । 

आइतबार राति भएको खेलमा भारतले रोहित शर्माको १४७ तथा कप्तान विराट कोल्हीको ११३ रनको मद्धतमा ६ विकेटको नोक्सानीमा ३३७ रन बनायो । 

जवाफमा न्युजिल्याण्डले जित नजिक पुगेर पनि ७ विकेटको नोक्सानीमा ३३१ रनमै रोकिनु पर्यो । 

कोलिन मुन्रोले ७५, टोम लाथमले ६५ तथा कप्तान केन विलियमसनले ६४ रन बनाए । जसप्रित बुमराहले ३ विकेट लिए । 

रोहित म्यान अफ द म्याच भए भने विराट म्यान अफ द सिरिज भए । 

Virat Kohli (above) hit a century as the home side set a total of 337 for six from their 50 overs

Ross Taylor (pictured) put on a stand of 79 with Tom Latham but the visitors fell six runs short

Latham added another 59 with Henry Nicholls (above) to leave 32 needed from 19 balls

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ