arrow

नन्दभाउजुको आयोजनामा मोफसलको सर्वाधिक पुरस्कार राशीको फुटबल हुँदै 

logo
प्रकाशित २०७४ कार्तिक १३ सोमबार
football-new.jpg

नवलपरासी । मोफसलमानै सर्वाधिक धनराशिको पुरस्कार रहेको राइनो संरक्षण गोल्डकप पुरुष फुटबल प्रतियोगिता सोमबारदेखि नवलपरासीमा शुरु हुँदैछ ।

नवलपरासीको कोल्हुवामा गैँडा संरक्षणका लागि हुँदै आइरहेको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता यस वर्ष पनि गर्न लागिएको हो । 

आयोजक एक टिमसहित देशभरका ए डिभिजनका ११ सहित १२ टिमको सहभागिता रहने उक्त प्रतियोगिता कात्तिक २५ गतेसम्म हुनेछ । 

नन्दभाउजु उपभोक्ता समितिको आयोजनामा हुने उक्त प्रतियोगितामा प्रथम हुनेले रु पाँच लाख २५ हजार ५५५ र द्वितीय हुनेले रु दुई लाख ५० हजार ५५५ पुरस्कार राशि पाउनेछन् । 

खेलकुद विकास र जैविक विविधताको संरक्षण गर्ने उदेश्यले आयोजना गरिएको सो प्रतियोगिताबाट देश विदेशमा गैँडा संरक्षणको सन्देश दिन लागिएको र प्रतियोगिताका लागि सबै तयारी पूरा भएको आयोजक नन्दभाउजु उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ