- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गान्धीनगर । चुनावी प्रचारका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५० जादूगर बोलाएका छन् ।
भारतीय संचारमाध्यमहरुका अनुसार नागपुरका ५० जादूगरलाई चुनावी प्रचारको जिम्मा दिइएको हो ।
जादूगरहरुले भारतीय जनता पार्टी बिजेपीको विकासे मुद्धाका बारेमा जादू गर्नेछन् ।
जादूगर एस लालका अनुसार विधानसभा, लोकसभा र निकायको चुनावमा पार्टीले जे भन्छ त्यसरी नै जादू देखाइने गरिन्छ ।
जादूगरहरुले बिजेपीको जादू दक्षिण गुजरात र सौराष्ट्रमा देखाएपछि डिसेम्बर ८ देखि मध्य गुजरातमा देखाउन सुरु गर्नेछन् ।