arrow

काँग्रेसको घोषणापत्र मंगलबार मध्याह्न साढे १२ बजे सार्वजनिक गरिने 

logo
प्रकाशित २०७४ कार्तिक १३ सोमबार
congress_ghosanapatra.jpg

काठमाडौं । नेपाली काँग्रेसले मंगलबार मध्याह्न साढे १२ बजे घोषणा गरिने भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि पार्टीले केन्द्रीय तहमा पार्टीको घोषणापत्र तयार भईसकेकोले मंगलबार सार्वजनिक गर्ने तयारी रहेको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । 

यसपटक मुलुकका दुई मुख्य कम्युनिष्ट शक्तिहरु एक भएर चुनाव लड्न लागेकोले काँग्रेसले पनि उनीहरुको भन्दा उत्कृष्ट घोषणापत्र तयार गरिएको काँग्रेसले जनाएको छ । बाम गठबन्धनपछि एमाले माओवादीले एउटै घोषणापत्रबाट चुनाव लड्दैछन् । यद्यपि उनीहरुले औपचारिक कार्यक्रम मार्फत् घोषणापत्र सार्वजनिक गरिसकेका छैनन् । 

काँग्रेसले यो पटकको चुनावी नारा 'काँग्रेसको नेतृत्वमा शान्ति र स‌ंविधान, काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान' नै राखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ