arrow

शान्ति र समृद्धिका आधार निर्माण गर्नुपर्नेमा जोड

logo
प्रकाशित २०७४ कार्तिक १३ सोमबार
tribhuvan-university.jpg

काठमाडौं । आगामी मंसिरमा हुने दुवै तहका चुनाव सम्पन्न भएपछि स्थायी शान्ति र समृद्धिका आधार निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । 

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले आज आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताहरुले मुलुकमा संविधान कार्यान्वयनसँगै दण्डहीनताको अन्त्य तथा विधिको शासन प्रभावकारीरुपमा कार्यान्वयन गरी देश र जनतालाई समृद्ध बनाउन सकिने औँल्याए ।

त्रिविका शिक्षाध्यक्ष डा सुधा त्रिपाठीले अब देशमा कस्तो जनशक्ति उत्पादन गर्ने हो त्यसैका आधारमा सीपमूलक, व्यावसायिक शिक्षाको विकास गर्नुपर्नेमा जोड दिइन् । 

त्रिवि मानविकी संकायका डिन प्रा डा शिवलाल भुसालले विदेशीले विभिन्न स्वार्थ र आशयबाट गरिएका मुलुकलाई गरेका सहयोगलाई बन्द गरी पूर्वाधार निर्माण तथा संरचनागत विकासमा स्थानीय तहलाई सहभागी गराउनुपर्नेमा जोड दिए । 

कार्यक्रमका संयोजक प्रा डा हेमराज सुवेदीले सामाजिक न्याय र वितरण प्रणालीमा सन्तुलन नहुँदा मुलुकमा भ्रष्टाचार बढ्दै गएको त्यसलाई न्यूनीकरण नगरी विकास सम्भव नरहेको विचार व्यक्त गरे । 

उक्त कार्यक्रममा नरबहादुर थापाले शान्ति निर्माणमा आर्थिक नीतिको भूमिका, डा खड्ग केसीले वैदेशिक नीति र प्रा विन्दु पोखरेलले नेपालमा द्वन्द्वपछिको शान्ति प्रक्रियामा महिलाको सहभागिता विषयमा कार्यपत्र प्रस्तुत गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ